PahiloPost

Sep 20, 2024 | ४ असोज २०८१

कान्स फिल्म फेस्टिभलमा छनोट भयो सर्ट फिल्म 'लोरी'



कान्स फिल्म फेस्टिभलमा छनोट भयो सर्ट फिल्म 'लोरी'

नेपाली सर्ट फिल्म 'लोरी' 'कान्स फिल्म फेस्टिभल' मा छनोट भएको छ। अविनाशविक्रम शाह निर्देशित १४ मिनेटको फिल्म ‘लोरी’ प्रतिस्पर्धामा छानिएको हो।

कान्सले अफिसियल पेजमार्फत मनोनयन छनोटमा परेका फिल्महरूको सुचि सार्वजनिक गरेको हो। सर्ट फिल्मतर्फ ‘लोरी’ सहित ९ फिल्महरू छनोटमा परेका हुन्। नेपालले चीन, दक्षिण कोरिया, कोस्टारिका, अमेरिका, फ्रान्स, घाना र लिथुनियाका फिल्मसँग प्रतिस्पर्धा गर्नेछ।

सर्ट फिल्मको विधातर्फ १ सय ४० देशका ३५ सय बढी फिल्महरूले प्रतिस्पर्धामा भाग लिएका थिए। फिचर फिल्ममा जस्तै सर्ट फिल्मको विधातर्फ उत्कृष्ट हुने फिल्मलाई 'पाम डी अर' प्रदान गरिनेछ। यो फेस्टिभल मे १७ देखि २८ सम्म चल्नेछ।

गत वर्ष मात्र किरण पोखरेलको ‘विङस्’ले नेस्प्रेसो ट्यालेन्ट इन्टरनेसनल कन्टेस्टमा ग्रयान्ड प्राइज जितेको थियो। त्यसैगरि फिडेल देवकोटाको फिल्म ‘काङलिङ’ को पटकथा पनि कान्समा छानिएको थियो। निर्देशक मीनबहादुर भामले कान्सको फिल्म बजारबाट फिल्म ‘चिसो वर्ष’ निर्माणका लागि ६६ लाख रुपैयाँ बराबरको ग्रान्ट जितेका थिए। तर कान्समा नेपालबाट प्रतिस्पर्धात्मक विधामा औपचारिक रुपमा छनोट हुने ‘लोरी’ पहिलो फिल्म हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell