PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

कांग्रेस संसदीय बोर्ड गठन, रामचन्द्र समेटिँदा अटेनन् शेखर



कांग्रेस संसदीय बोर्ड गठन, रामचन्द्र समेटिँदा अटेनन् शेखर

काठमाडौं  : नेपाली कांग्रेसले संसदीय बोर्ड गठन गरेको छ। आज सानेपामा सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको सभापतित्वमा बसेको बैठकले संसदीय बोर्ड गठन गरेको हो।

टिकट सिफारिसका लागि विधानले बाध्य पारेपछि कांग्रेसले अन्तिम समयमा आएर बोर्ड गठन गरेको हो। वरिष्ठ नेता रामचन्द्र पौडेलसहित पदाधिकारी रहेको बोर्ड गठन गरिएको कांग्रेसले जनाएको छ। संसदीय बोर्डमा पौडेल समेटिँदा सभापतिका प्रत्यासी रहेका डा शेखर कोइराला भने अटेनन्।

बोर्डमा दुई उपसभापति पूर्णबहादुर खड्का, धनराज गुरुङ, दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा, सात सह-महामन्त्री र प्रवक्ता डा प्रकाशशरण महत रहनेछन्। कांग्रेसले कोषाध्यक्ष भने अहिलेसम्म मनोनयन गरेको छैन।

केन्द्रीय कार्यसमितिका सभापति केन्द्रीय संसदीय समितिका सभापति र महामन्त्री केन्द्रीय संसदीय समितिको महामन्त्री हुनेछन्। केन्द्रीय कार्यसमितिका पदाधिकारी केन्द्रीय संसदीय समितिका पदेन सदस्य हुनेछन्।

समितिमा केन्द्रीय सदस्यमध्येबाट केन्द्रीय सभापतिले प्रस्ताव गरी केन्द्रीय कार्यसमितिले अनुमोदन गरेका बढीमा ११ जना सदस्य रहन्छन्। सभापतिले सदस्य प्रस्ताव गर्दा समावेशी सिद्धान्तअनुसार सिफारिस गर्नुपर्ने विधानमा उल्लेख छ। विधानअनुसार कांग्रेसमा चार तहको संसदीय समिति गठन गर्नुपर्ने हुन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell