PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

तालमेल र भागबन्डामा केन्द्रीय हस्तक्षेप बढेको भन्दै कांग्रेस बैठकमा अर्जुननरसिंहले राखे फरक मत



तालमेल र भागबन्डामा केन्द्रीय हस्तक्षेप बढेको भन्दै कांग्रेस बैठकमा अर्जुननरसिंहले राखे फरक मत

काठमाडौं : नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले कार्यसम्पादन समितिको बैठकमा फरक मत राखेका छन्। स्थानीय तह निर्वाचनमा केन्द्रीय हस्तक्षेप बढेको भन्दै केसीले यस्तो आरोप लगाएका हुन्।

सानेपामा जारी समितिको बैठकमा उनले सभापति शेरबहादुर देउवा समक्ष केन्द्रीय कार्यसमितिको निर्णयसमेत उल्लंघन भएको आरोप लगाएका छन्। 'नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले स्थानीय तहलाई निर्वाचन गठबन्धन र तालमेलबारे ‘स्थानीय अवस्था र आवश्यकता’लाई हेरी निर्णय गर्न प्रत्यायोजित गरेको अधिकार र स्थानीय एकाईको निर्णयविरुद्ध केन्द्रीय हस्तक्षेप भएको,' केसीले राखेको फरक मतमा भनिएको छ।

यसैगरी भागबन्डाको मापदण्ड कार्यसम्पादन समितिको बैठकमा प्रस्तुत नै नगरेको उनले बताएका छन्। 'महानगरपालिका र उपमहानगरपालिकाको पाँच पार्टी गठबन्धनबिच भएको तालमेल र भागबन्डाको मापदण्ड कांग्रेसको कार्यसम्पादन समितिमा प्रस्तुत नभएको,' केसीले फरक मत राख्दै भनेका छन्, 'महानगरपालिका र उपमहानगरपालिकामा उम्मेदवारीको टिकट वितरणमा पार्टीको वैधानिक प्रक्रिया अवलम्बन गरिएन।'

उम्मेदवार छनोटको प्रक्रिया 'झारा टार्ने काम'मात्र भएको केसीको आरोप छ।

'निर्वाचनमा उम्मेदवारी दिने दिन नै प्रस्ताव प्रस्तुत हुने परम्परा औपचारिकता मात्र भएकोले, उपरोक्त विषय र प्रक्रियामा मेरो फरक मत रहेकोले आदरणीय सभापति समक्ष प्रस्तुत गरेको छु,' केसीले जारी गरेको फरक मतमा उल्लेख छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell