PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

तालमेलको टुंगो नलागेपछि कांग्रेसले छान्यो सिन्धुपाल्चोकका ३ नगरमा प्रमुखउपप्रमुखको उम्मेदवार



तालमेलको टुंगो नलागेपछि कांग्रेसले छान्यो सिन्धुपाल्चोकका ३ नगरमा प्रमुखउपप्रमुखको उम्मेदवार

  • फूलमान तामाङ-

चौतारा : नेपाली कांग्रेस वाग्मतीले सिन्धुपाल्चोकमा रहेका ३ नगरपालिकाको प्रमुख र उपप्रमुखको उम्मेदवार टुंगाएको छ।

आइतवार राती अबेरसम्म बसेको वाग्मती प्रदेशको बैठकले जिल्ला सभापति जंगबहादुर लामालाई पत्र लेख्दै उम्मेदवार छानेको जानकारी दिएको हो।

जिल्लाको सबैभन्दा ठूलो स्थानीय तह चौतारासागाचोक गढी नगरपालिकामा कांग्रेसले प्रमुख पदमा केशवराज गिरीलाई अगाडी सारेको छ।

केशवराज गिरी क्षेत्र -२ प्रदेशसभा क को सभापति र प्रतिनिधि सभा २ का क्षेत्रीय उपसभापति समेत हुन्।  गत स्थानीय तहको निर्वाचनमा कांग्रेसबाट नै उनी नगर प्रमुखको प्रत्यासी बनेका थिए।

यसैगरी उपप्रमुखामा तुलसीकुमारी श्रेष्ठलाई अघि सारेको छ। उनी निर्वाचित कांग्रेस जिल्ला सदस्य हुन्। यसअघिको स्थानीय निर्वाचन यहाँ माओवादी केन्द्रबाट प्रमुखमा अमानसिङ तामाङ र उपप्रमुखमा जानुका पराजुली विजय भएका थिए। यो नगरपालिका माओवादी केन्द्रको जग मानिन्छ। यहाँ माओवादीबाट अमानसिंह नै पुन उम्मेद्वार बन्दैछन्। गठबन्धनमा तालमेल टुंगो नलाग्दा कांग्रेसले प्रमुखमा गिरी र उपप्रमुखमा श्रेष्ठलाई अघि सारेको हो।

यता केन्द्रीय सदस्य मोहन बस्नेतको नगर बाह्रबिसेमा कांग्रेसले प्रमुखमा बालकृष्ण बस्नेत र मन्जु तामाङलाई उम्मेदवार बनाएको छ।

बालकृष्ण बस्नेत क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति हुन् भने मन्जु तामाङ कृयाशिल सदस्य हुन्। उनका ससुरा बमबहादुर तामाङ कांग्रेस छाडी एमाले प्रवेश गरेका थिए। बम बहादुर कांग्रेसबाट निर्वाचित वडाध्यक्ष हुन्।

यसाघी यो नगरमा एमालेबाट प्रमुखमा निमाफुन्जो शेर्पा र उपप्रमुखमा सुशिला पाख्रीन विजय भएका थिए।

यता मेलम्ची नगरपालिकामा भने कांग्रेसले प्रमुखमा आइतमान तामाङ र उपप्रमुखमा सविता गुरुङको नाम चयन गरेको छ। आइतमान तामाङ क्षेत्र २ को क्षेत्रीय सभापति हुन् भने सविता गुरुङ महासमिति सदस्य र महाधिवेशन प्रतिनिधि हुन्।

गत स्थानीय तहको निर्वाचनमा आइतमान एमालेका उम्मेदवार डम्बर आर्याल र सविता भगवती अधिकारीसँग पराजित भएका थिए।

बाँकी ९ स्थानीय तहमा भने कांग्रेस ले उम्मेदवार टुंगाउन सकेको छैन। तालमेलको टुंगो लगाउन वाग्मतीलाई जिम्मा दिए पनि निष्कर्ष आएको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell