PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

तालमेल विवाद सल्ट्याउन अन्तिम कसरतमा सत्ता गठबन्धनका अध्यक्षहरु : बालुवाटारमा बैठक बस्दै



तालमेल विवाद सल्ट्याउन अन्तिम कसरतमा सत्ता गठबन्धनका अध्यक्षहरु : बालुवाटारमा बैठक बस्दै

काठमाडौं : आज उम्मेद्वार मनोनयनको अन्तिम दिन। सत्ता गठबन्धनले आसन्न स्थानीय तह निर्वाचनका लागि अझै पनि उम्मेदवार तय गर्न सकेका छैनन्। महानगर र उपमहानगरको प्रमुख र उपप्रमुखको भागबण्डा मिलाए पनि अन्य स्थानमा तालमेल विवाद चर्किएको छ।

भागभण्ड मिलिसकेको पोखरा महानगरमा समेत माहोल बिथोलिएको छ। कांग्रेसले आफ्नो भागमा परेको महानगर र उपमहानगरको प्रमुख र उपप्रमुखकोको टुंगो केन्द्रीय कार्यसम्पादन समितिले गर्न सकेन। जसले गर्दा सम्पूर्ण जिम्मा सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई सुम्पेको छ।

कांग्रेसमा कुरा नमिलेपछि सत्ता गठबन्धनमा रहेका अन्य चार दलसमेत अझै अन्योलमा रहेको छ। जसका कारण आइतवार पनि सत्ता गठबन्धनको बैठक बस्यो। बैठकल सोमवार सत्ता गठबन्धनमा अध्यक्षहरु बसेर अन्तिम टुंगो लगाउने निर्णय गरेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए।

सत्ता गठबन्धनबीच पाँच दलबाहिर तालमेल नगर्ने निर्णय गरेको छ। बालुवाटारमा बसेको गठबन्धनको बैठकले सिट बाँडफाँट मिलाउन सोमबारसम्म अधिकतम प्रयत्न गर्ने निर्णय पनि गरेको छ।

गठबन्धनको बैठक आज बिहान ८ बजे बालुवाटारमा बस्ने मल्लले जानकारी दिए। विगतमा भएका समझदारीका आधारमा सिट बाँडफाँट गर्ने निर्णय पनि बैठकले गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell