PahiloPost

Dec 18, 2024 | ३ पुष २०८१

झुक्याएर खादा लगाई एमाले प्रवेश गराएको कांग्रेस गाउँपालिका सहसचिवको आरोप



झुक्याएर खादा लगाई एमाले प्रवेश गराएको कांग्रेस गाउँपालिका सहसचिवको आरोप

चौतारा :  सिन्धुपाल्चोकको जुगल गाउँपालिका कांग्रेस कमिटीका सहसचिव रविन्द्र पौडेलले आफूलाई एमालेले झुक्याएर पार्टी प्रवेश गराएको आरोप लगाएका छन्।

शनिवार काठमाडौंको एक पार्टी प्यालेसमा एमाले नेता कार्याकर्ताले झुक्याएर खादा लगाई पार्टी प्रवेश गराएको हल्ला चलाएको पौडेलको दाबी छ। सहसचिव पौडेलले एक विज्ञप्ति जारी गर्दै आफू कांग्रेसमै रहेको तर्क गरेका छन्।

सामाजिक सञ्जाल फेसबुकमा जारी गरेको उनको विज्ञप्तिमा लेखिएको छ, 'नेकपा एमालेका कार्यकर्ता जम्मा भई नेपाली कांग्रेसको कार्यकर्तासमेतको मिलेमतोमा उनीहरुसहित मलाई खादा लगाई एमाले पार्टी प्रवेश गरेको भनी भ्रामक र अनैतिक कार्य गरेकोमा म खेद प्रकट गर्दै मेरो असहमति रहेको र एमाले जस्तो गलत र अराजक पार्टीमा म कदापी हुन्न र हुन सक्दिनँ।'

वैशाख १० गते उनी जुगल गाउँपालिकाका जयबहादुर लामाको टोलीमा एमाले प्रवेश गरेका थिए। उनलाई एमाले नेता शेरबहादुर तामाङले स्वागत गरेका थिए। जयबहादुरले जुगल गाउँपालिका अध्यक्षमा एमालेबाट टिकट पाइसकेका छन्। पौडेललाई भने कांग्रेस केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले कांग्रेसमा फर्काएका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell