PahiloPost

May 15, 2024 | २ जेठ २०८१

वाग्मती प्रदेशका २६ नगरपालिकामा कांग्रेसले लगायो मेयरको उम्मेद्वारको टुंगो, कुन नगरपालिकामा को?



वाग्मती प्रदेशका २६ नगरपालिकामा कांग्रेसले लगायो मेयरको उम्मेद्वारको टुंगो, कुन नगरपालिकामा को?

काठमाडौं : कांग्रेस वाग्तमी प्रदेशले प्रदेश भरका २६ नगरपालिकाको उम्मेद्वार टुंगो लगाएको छ। आइतवार मध्यराति वाग्मतीले २६ नगरपालिकाको मेयरको उम्मेद्वार टुंगो लगाएको हो। कांग्रेस वाग्मती प्रदेशको बैठक आइतवारबाट कांग्रेस केन्द्रीय कार्यालयमा जारी छ।

भक्तपुरमा रामप्रसाद कसुला, मध्यपुर थिमिमा सुरेन्द्र श्रेष्ठ, सुर्यविनायकमा निशान ढुंगेल र चाँगुनारायणमा जीवन खत्री मेयरका उम्मेद्वार हुने कांग्रेस वाग्मती प्रदेशले जनाएको छ। उपप्रमुखमा चाँगुनारायण नगरपालिकाको उम्मेद्वारमात्र तय भएको छ। यहाँ सुभद्रा काफ्लेलाई उपमेयरको उम्मेद्वार बनाउने कांग्रेसले निर्णय गरेको छ।

यता ललितपुरको गोदावरी नगरपालिकामा गजेन्द्र महर्जनलाई मेयरमा दोहोर्‍याउने भएका छन्। उपमेयरमा पनि मुना अधिकारी दोहोरिने भएका छन्। गत स्थानीय निर्वाचनमा गजेन्द्र मेयरमा र मुना उपमेयरमा निर्वाचित भएका थिए।

कुन नगरपालिकामा को?



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell