PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

पोखराको मेयरमा एमालेले कृष्ण थापालाई उठाउने, खोसियो दीपकको टिकट



पोखराको मेयरमा एमालेले कृष्ण थापालाई उठाउने, खोसियो दीपकको टिकट

पोखरा : एमालेले पोखरा महानगरपालिकाको मेयरमा कृष्ण थापालाई उम्मेद्वार बनाउने निर्णय गरेको छ। यसअघि एमाले सचिवालयले दीपक पौडेललाई उम्मेद्वार बनाउने निर्णय गरेको थियो।

पौडेल विवादमा मुछिएपछि उनको टिकट खोसिएको हो। पोखरामा खगराज अधिकारी र पृथ्वीसुब्बा गुरुङको टकरावका कारण विवाद उत्पन्न भएको बताइएको छ। विवादपछि मेयरको उम्मेद्वार टुंगो लगाउने जिम्मा अध्यक्ष केपी शर्मा ओलीलाई सुम्पिएको थियो। अब कृष्ण थापा नै मेयरमा उम्मेद्वारी दिन पुग्ने एमाले अध्यक्ष केपी शर्मा ओलीको सचिवालयले पुष्टि गर्‍यो।

एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालले पनि पोखरामा थापालाई उम्मेद्वार बनाउने निर्णय भएको पुष्टि गरेका छन्। सामाजिक सञ्जाल ट्वीटरमा उनले पोखरा र विराटनगरको उम्मेद्वार तय गरिएकोबारे उल्लेख गरेका छन्।

थापा पोखराका पूर्व मेयर हुन्। ०५४ मा पनि पोखराको मेयर बनेका उनी गत संविधानसभा निर्वाचनमा कास्की २ बाट कांग्रेसकी शारदा पौडेलसँग पराजित भएका थिए।

पोखरा महानगरको उपमेयरमा मञ्जु गुरुङले उम्मेद्वारी दिने तय भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell