PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

पाल्पामा कांग्रेसले टुंग्यायो स्थानीय तहका उम्मेदवार



पाल्पामा कांग्रेसले टुंग्यायो स्थानीय तहका उम्मेदवार

बुटवल : नेपाली कांग्रेस पाल्पाले स्थानीय तहका उम्मेदवार टुंगो लगाएको छ। पाँच दलीय गठबन्धनमा भागबण्डा भएअनुसार ६ पालिका प्रमुख र उपप्रमुखको उम्मेदवार चयन गरेको हो।

तानसेन नगरपालिकाको नगरप्रमुखको उम्मेदवारका लागि सन्तोषलाल श्रेष्ठ उम्मेदवार बनेका छन्। रामपुर नगरपालिकामा रमणबहादुर थापा नगर प्रमुखको उम्मेदवार बनेका छन्। रामपुरको उपप्रमुखमा बालकुमारी थापा उम्मेदवार चयन भएकी छिन्।

निस्दी गाउँपालिका अध्यक्षमा गोविन्द प्रसाद अर्याल र पूर्वखोला गाउँपालिका उपाध्यक्षमा बिष्णुकुमारी आचार्य उम्मेदवार बन्ने भएकी छिन्। रम्भा उपाध्यक्षमा बिष्णु कुमार थापाले मनोनयन दर्ता गर्नेछन्।

माथागढी गाउँपालिका अध्यक्षमा सन्तोष थापा र उपाध्यक्षमा विजया भट्टराई तथा वगनाशकाली गाउँपालिका अध्यक्षमा सुनिता अधिकारी चयन भएकी छिन्। रिब्दीकोट गाउँपालिका उपाध्यक्षमा शान्ता अधिकारी चयन भएकी छिन्।

रैनादेवी छहरा गाउँपालिकामा रूक्मागत भट्टराई र तिनाउँ गाउँपालिका उपाध्यक्षमा लालबहादुर थापालाइ उम्मेदवार बनाउने निर्णय भएको नेपाली कांग्रेस सूचना विभाग प्रमुख सन्तोषकुमार थापाले बताए।

आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि पाल्पामा एमाले विरुद्ध पाँच दलीय गठबन्धनले संयुक्त उम्मेदवारी दिने भएका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell