PahiloPost

Sep 20, 2024 | ४ असोज २०८१

विराटनगरमा कांग्रेसबाट नागेश कोइराला मेयरका उम्मेदवार



विराटनगरमा कांग्रेसबाट नागेश कोइराला मेयरका उम्मेदवार

काठमाडौं : विराटनगरमा कांग्रेसले डा नागेश कोइरालालाई मेयरको टिकट दिने भएको छ। यसअघि कांग्रेस नेता कृष्ण सिटौलाले वर्तमान मेयर भीम पराजुलीलाई अघि सारेका थिए। त्यसैगरी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले अमृत अर्याल र केन्द्रीय सदस्य डा डिला संग्रौलालाई अघि सारेका थिए।

विराटनगरमा मेयर कसलाई बनाउने भन्ने विषयमा विवाद भएपछि कांग्रेसको केन्द्रीय सम्पादन समिति अवरुद्ध हुँदै आएको थियो। आइतवारको बैठकले भने महानगर र उपमहानगरको प्रमुख र उपप्रमुखको टुंगो लगाउने जिम्मा सभापति देउवालाई प्रदान गर्‍यो। मनोनयनको अन्तिम दिन सभापति देउवाले उम्मेद्वार टुंगो लगाइरहेका छन्। मोरङ कांग्रेसका उपसभापति रहेका कोइराला कांग्रेस नेता डा शेखर कोइराला पक्षका नेता हुन्।

देउवाले काठमाडौंको मेयरमा प्रकाशमान सिंहपत्नी सिर्जना सिंहलाई उम्मेदवार बनाउने तयारी गरेको छ। महानगरको प्रमुख र उपप्रमुखमा कांग्रेसले गुटगत भागबण्डा गरेको बताइएको छ। विराटनगर यसअघि कांग्रेसले जितेको स्थानीय तह हो। यहाँ गठबन्धनले प्रमुखमा कांग्रेसलाई छाडेको छ। ललितपुरको मेयरको टिकट कसलाई दिने भन्ने विषय केहीबेरमै टुंगिने प्रधानमन्त्री देउवाको सचिवालयले जनायो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell