PahiloPost

Aug 25, 2026 | ९ भदौ २०८३

पदकअनुसारको दाम, चान्चुनले हुन्न काम!



रवीन्द्र मानन्धर

पदकअनुसारको दाम, चान्चुनले हुन्न काम!

सरकारको सिफारिसमा प्रदान गरिने पदक, विभुषण तथा मानपदावी पाउने व्यक्तिको आलोचना नयाँ हैन। राम्रालाई भन्दा हाम्रालाई प्रदान गरिने चलन बढेपछि पदकको गरिमा त घट्ने नै भयो, पछिल्लो समय पदक पाउनेहरु विवादमासमेत तानिन थालेका छन्।

यसरी नै ताप्लेजुङको जिल्ला मालपोत कार्यालयकै प्रमुख विवादमा तानिएकी छिन्। त्यसै त मालपोत कार्यालय सबैभन्दा बढी घुस लेनदेन हुने सरकारी संस्थाका रुपमा बदनाम छ। त्यसमाथि 'प्रबल जनसेवाश्री चतुर्थ'बाट विभुषित प्रमुख नै डेढ लाख घुस लिएको आरोपमा अख्तियारको नियन्त्रणमा परे। घुस लिने बानी नै लागेपछि पदकको गरिमा जोगाउन त मुश्किलै हुने नै भयो। भोलिका दिनमा पदक सिफारिस गर्नेले यस्तो विषयमा विचार नगरे पदकको गरिमा झनै खस्कने निश्चित छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell