PahiloPost

Aug 24, 2026 | ८ भदौ २०८३

कांग्रेसको घोषणापत्रलाई ओलीले भने : पागलहरुको प्रलाप, 'धारे हात लगाएर तथानाम गाली गरेको छ'



कांग्रेसको घोषणापत्रलाई ओलीले भने : पागलहरुको प्रलाप, 'धारे हात लगाएर तथानाम गाली गरेको छ'
फाइल फोटो

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले जारी गरेको स्थानीय तहको संकल्पपत्र राजनीतिक दस्तावेज नभएको बताएका छन्। २३ औं मनमोहन स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ‌ओलीले यो कुनै घोषणापत्र नभई पागलहरुको प्रलापमात्र भएको आरोपसमेत लगाए।

'कांग्रेसको घोषणापत्र राजनीतिक दस्तावेज हैन। केवल पागलहरुको प्रलाप हो। जम्माजम्मी धारे हात लगाएको छ,' कार्यक्रममा ओलीले भने। कांग्रेसले प्रस्तुत गरेको संकल्पपत्रमा गएको पाँच वर्षमा कम्युनिस्ट सरकारले गरेका कामको आलोचना गरिएको छ। एमालेलाई धारे हात लगाउँदै तथानाम गाली गरेको संकल्पपत्रमा कुनै भाव नभएकोसमेत उनको भनाई रह्यो।

'एमाले एमाले भनेको छ। उत्ताउलो विकास रे। रेल ल्याउँछु भनेको उत्ताउलो विकास रे। खेर गएको पाँच वर्ष भनेर लेखिएको छ। कुनै राजनीतिक दस्तावेज हैन त्यो। तथानाम गाली गरेको छ,' ओलीले भने, 'शब्द थुपारेर के हुन्छ? भावलाई जोडेपछि कविता हुन्छ भनेर एकजना कविले भनेका छन्। भाव नै छैन।'

अध्यक्ष ओलीले मनमोहन अधिकारी आँखामा नबिझाउने नेता भएको बताए। 'आँखामा नबिझाउने मान्छे हुन् मनमोहन। उहाँप्रति हार्दिक श्रद्धासुमन प्रकट गर्न चाहन्छु।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell