PahiloPost

May 16, 2024 | ३ जेठ २०८१

हुम्लामा एक म्यादी प्रहरी भेटिए मृत अवस्थामा



हुम्लामा एक म्यादी प्रहरी भेटिए मृत अवस्थामा
प्रतीकात्मक स्केच

सिमकोट : हुम्ला सदरमुकाम सिमकोटमा एक म्यादी प्रहरीको मृत्यु भएको छ। सिमकोटको माथिल्लो बजारमा साथीको डेरामा बस्दै आएका सर्केगाड गाउँपालिका–६ का ४५ वर्षिय जसबहादुर रोकायाको मृत्यु भएको प्रहरीले जनायो।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कृष्णराज ओझाका अनुसार कोठामा झ्याल ढोका सबै बन्द गरेर सुतेका रोकाया बिहीवार मृत अवस्थामा भेटिएका थिए। मृत्युको कारण खुल्न सकेको छैन। घट्नाबारे प्रहरीले अनुसन्धान थालेको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell