PahiloPost

Dec 17, 2024 | २ पुष २०८१

प्रहरी र सशस्त्रका आइजीले लगाए दर्ज्यानी चिन्ह : निर्वाचन सुरक्षित र भयरहित बनाउनेमा जोड



प्रहरी र सशस्त्रका आइजीले लगाए दर्ज्यानी चिन्ह : निर्वाचन सुरक्षित र भयरहित बनाउनेमा जोड

काठमाडौं : नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक धिरजप्रताप सिंह र सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्यालले दर्ज्यानी चिन्ह लगाएका छन्। सोमवार सिंहदरबारस्थित गृह मन्त्रालयको हलमा गृहसचिव टेकनारायण पाण्डेबाट दुबै आइजीले दर्ज्यानी चिन्ह लगाएका हुन्। सिंह र अर्याललाई आइतवारको मन्त्रिपरिषदको बैठकले प्रहरी र सशस्त्रको महानिरीक्षक पदमा नियुक्त गर्ने निर्णय गरेको हो।

दर्ज्यानी चिन्ह पाएपछि दुबै आइजीले निर्वाचनमा सुरक्षा दिन कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाए। सशस्त्र प्रहरीका आइजी अर्यालले निर्वाचनका लागि ७७ जिल्लामै सशस्त्र खटिएको उल्लेख गर्दै सशस्त्र प्रहरी बलले सीमा सुरक्षामा जोड दिनेसमेत जनाए।

यता सशस्त्र प्रहरीसँग मिलेर काम गर्न प्रहरी तयार रहेको नेपाल प्रहरीका आइजी सिंहले बताए। उनलेकर्मचारीको वृद्धि विकासमा ध्यान दिइने उल्लेख गर्दै स्थानीय निर्वाचनमा चुनाव सुरक्षित र भयरहित बनाउन प्रहरी पूर्ण रुपमा तयार हुने बताए।

गृहसचिव पाण्डेले सशस्त्र प्रहरी र नेपाल प्रहरीको संख्या बढाउनुपर्ने आवश्यकता औंल्याए। उनले दुबै आइजीलाई बधाई दिँदै सशस्त्र ५० हजारको संख्यामा र नेपाल प्रहरी एक लाखको संख्यामा वृद्धि गर्नुपर्ने आवश्यकता रहेको बताएका हुन्। हाल सशस्त्रमा ३७ हजार र नेपाल प्रहरीमा ९० हजारको हाराहारीमा दरबन्दी रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell