PahiloPost

Jul 2, 2025 | १८ असार २०८२

९ वर्षअघि एमाले पसेका नायक भुवन केसी कांग्रेस प्रवेश, 'कांग्रेसको चासो चित्त बुझ्यो'



९ वर्षअघि एमाले पसेका नायक भुवन केसी कांग्रेस प्रवेश, 'कांग्रेसको चासो चित्त बुझ्यो'

काठमाडौं : नायक भुवन केसी नेपाली कांग्रेस प्रवेश गरेका छन्। मंगलवार बिहान कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको हातबाट टीका लगाएर केसी कांग्रेस प्रवेश गरेका हुन्।

आफू कांग्रेस प्रवेश गरेको केसीले पुष्टि गरे। कांग्रेस पार्टीसँग जोडिन पाउँदा निकै खुसी लागेकोसमेत उनले बताए। 'म कलाकार भएकाले कांग्रेस पार्टीले कला र संस्कृतिकलाई चासो दिएर निमन्त्रणा दिनुभयो। कला क्षेत्रप्रति देखाएको चासो चित्त बुझेर कांग्रेस पार्टी प्रवेश गरेको हुँ,' केसीले भने।

भुवनसँगै कलाकारहरु श्वेता खड्का र रवीन्द्र खड्का पनि कांग्रेस प्रवेश गरेका छन्।

स्थानीय चुनावमा केसीलाई उन्नत लोकतन्त्र पार्टीले मेयरको उम्मेदवारको रुपमा उठाउने घोषणा गरेको थियो। २०७० सालको संविधान सभा निर्वाचन अघि भुवन एमाले प्रवेश गरेका थिए। त्यतिबेला संसदीय चुनावमा उनको नाम सिफारिस हुँदा एमालेभित्र चर्को विरोध भएको थियो।

नायक केसीलाई एमालेले संविधानसभा निर्वाचनमा काठमाडौं–१ बाट उम्मेदवार बनाउने निर्णय गरे पनि विरोधका कारण पछि टिकट खोसिएको थियो। टिकट खोसिएपछि केसीले एक विज्ञप्ति जारी गर्दै आफू एमालेमै रहने बताएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell