PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

विप्लवको कारबाहीमा परेकाहरुको राष्ट्रिय भेला चितवनमा, औपचारिक फुटको घोषणा हुनसक्ने



विप्लवको कारबाहीमा परेकाहरुको राष्ट्रिय भेला चितवनमा, औपचारिक फुटको घोषणा हुनसक्ने

काठमाडौं : नेत्रविक्रम चन्द विप्लवको कारवाहीमा परेका नेकपा माओवादीका नेताहरु चितवनमा आयोजित राष्ट्रिय भेलामा जुट्दैछन्। बुधवार धर्मेन्द्र बास्तोला ‘कञ्चन’ र हेमन्तप्रकाश ओली ‘सुदर्शन’का नेताहरुको आयोजनामा चितवनमा राष्ट्रिय भेला हुन लागेको हो।

राष्ट्रिय भेलाको स्थान भने खुलाइएको छैन। स्थानीय निर्वाचनलाई विप्लवले साथ दिने भएपछि नेकपा माओवादीभित्रै विरोध भएको थियो। 'विरोधमा उत्रेकालाई कारवाही भएपछि विप्लव विरोधी पक्षधरले केन्द्रीय कमिटी बोलाएको थियो। विप्लवले नमानेपछि उनीहरुले राष्ट्रिय भेला बोलाएका हुन्,' माओवादीका एक नेताले भने।

चैत ४ गतेदेखि भएको १६ गतेसम्म भएको कपिलवस्तुको शिवगढीमा भएको विप्लवको निर्वाचन उपयोग गर्ने प्रस्ताव बहुमतले अस्विकार गरेको थियो। निर्वाचनमा पार्टी नजाने तर पार्टी कार्यकर्ता गए स्वतन्त्र रुपमा उठ्ने र एमसीसी परियोजनाका विरधी पक्षधरलाई सघाउने सहमति भएको थियो। तर पार्टीका केन्द्रीय नेता नै निर्वाचनमा सहभागी भएपछि नाम फिर्ता लिन कञ्चन र सुदर्शनले आग्रह गरेका थिए।

त्यसपछि दुई नेतालाई विप्लवले सचिवालयबाट पदमुक्त गरिएको थियो। २०७१ सालमा मोहन वैद्यबाट फुटेर गएका विप्लव समूहले पनि चितवनमै भेला आयोजना गरेको थियो। आजको भेलामा विप्लवको कारबाहीको विरोध गरिरहेका पक्षधरको विद्यार्थी संगठन, पत्रकारहरुसमेत सहभागी हुने बताइएको छ। भेलाले पार्टी औपचारिक रुपमा फुटेको घोषणा गर्नेसमेत बताइएको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell