PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

रसियाको आक्रमणबाट युक्रेनमा नष्ट भइरहेको छ अर्बौँ बराबरका पूर्वाधार



रसियाको आक्रमणबाट युक्रेनमा नष्ट भइरहेको छ अर्बौँ बराबरका पूर्वाधार
Photo: Anadolu Agency/Getty

रसियाको आक्रमणले युक्रेनमा हजारौँ भवन, सार्वजनिक स्थान तथा हजारौँ किलोमिटर सडकहरु ध्वस्त भएका छन्। यो क्षतिलाई रकममा तुलना गर्ने हो भने भ्लादिमिर पुटिनले फेब्रुअरीमा आक्रमणको घोषणा गरेदेखि हालसम्म यो ९२ बिलियन (करिब ९२ अर्ब) डलर पुगेको छ

कीभ स्कुल अफ इकोनोमिक्स (केएसई) र युक्रेन सरकारका अनुसार रसियाको आक्रमणले करिब ४.५ बिलियन डलर (४ अर्ब ५० करोड) बराबरका पूर्वाधारहरुमा हरेक हप्तामा क्षति पुगेको छ। मे २ सम्म क्षति हप्तामा झण्डै ४.५ बिलियन डलरले बढेको तथ्याङ्कले देखाएको छ। युद्धबाट हुने नोक्सानलाई मापन गर्न गाह्रो हुने भएकाले पनि यो अनुमान अझै कम हुनसक्ने विज्ञहरुको भनाइ छ।

आक्रमणको क्षति वार्षिक आर्थिक उत्पादनभन्दा लगभग ६० प्रतिशतले वृद्धि भएको छ। युक्रेनले पूर्वाधारमा ठूलो क्षति व्यहोरिरहेको र ति पूर्वाधार मर्मत वा पुनर्निर्माण गर्न निकै महँगो पर्ने अनुसन्धानकर्ताहरुको भनाइ छ। केएसईको ‘रसिया विल पे’ परियोजनाआक्रमणको समयमा भएको क्षतिको हजारौँ रिपोर्टहरूको विश्लेषणमा आधारित थियो। ति रिपोर्टहरु नागरिक, सरकारी निकाय र स्थानीय अधिकारीहरूले पेश गरेका थिए।

युक्रेनका ३३ हजार मिटर स्क्वायर आवसिय भवनहरु मिसाइल र बमले ध्वस्त भएका छन्। जसको मूल्यांकन ३० बिलियन डलर रहेको छ। त्यस्तै, २३ हजार किलोमिटर सडक तथा ९० हजार सवारी साधन पनि आक्रमणबाट नस्ट भएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell