PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

जनकपुरमा हुने कांग्रेसको चुनावी सभामा विमलेन्द्र निधि नजाने



जनकपुरमा हुने कांग्रेसको चुनावी सभामा विमलेन्द्र निधि नजाने
फाइल फोटो।

काठमाडौं : धनुषाको जनकपुरमा नेपाली कांग्रेसले आयोजना गरेको चुनावी सभामा कांग्रेस नेता विमलेन्द्र निधि नजाने भएका छन्। बैशाख २४ गते जनकपुरमा तय गरेको चुनावी सभालाई कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेललगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

कार्यक्रममा केन्द्रीय वक्ताको सूचीमा पूर्व उपसभापति निधिको नाम राखिएको छैन। त्यसैले निधि उक्त चुनावी सभामा उपस्थित नहुने कांग्रेस धनुषाका उपसभापति गणेश झाले बताए। ‘केन्द्रीय वक्ताको सूचीमा उहाँको नाम छैन। त्यसैले उहाँ त्यहाँ जानुहुन्न,’ झाले भने।

चुनावी सभामा उपस्थित नभए पनि निधि अहिले मधेशका जिल्लामा सक्रिय रहेको उनले बताए। बिहीवार निधि महोत्तरीमा रहेको र चुनावी कार्यक्रमहरुमा सक्रिय रहेको झाले बताए। आजै भरतपुरमा आयोजित गडबन्धनको चुनावी सभामा नेताहरु डा शेखर कोइराला र महामन्त्री गगन थापा सहभागी भएनन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell