PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

कांग्रेससँग हातमा हात मिलाएर अघि बढ्ने भुवन केसीको प्रतिबद्धता, बरालिएकालाई पनि ल्याउने नीर शाहको भनाई



कांग्रेससँग हातमा हात मिलाएर अघि बढ्ने भुवन केसीको प्रतिबद्धता, बरालिएकालाई पनि ल्याउने नीर शाहको भनाई

 

काठमाडौं : कलाकार नीर शाहले नेपाली कांग्रेसमा आबद्ध नहुनेलाई ‘अमान्छे’को आरोप लगाएका छन्। काठमाडौंमा आयोजित कांग्रेसको प्रचार- प्रसारसम्बन्धी चुनावी गीत सार्वजनिक कार्यक्रममा शाहले यस्तो आरोप लगाएका हुन्।

'भावनात्मक रूपबाटै देशको वकालत गर्ने नेपालमा कुनै एउटा राजनीतिक शक्ति छ भने त्यो नेपाली कांग्रेस हो। यदि यसलाई व्यापक रूपमा मानव मस्तिष्कमा पुर्‍याउन सक्यौँ भने सम्पूर्ण मानिस नेपाली कांग्रेसमा आबद्ध भइहाल्छन्,' शाहले भने, 'नेपाली कांग्रेसमा आबद्ध नहुनेहरू त अमान्छे हुन्। जो अन्य थरिका अन्य विचारधारामा लागेर बरालिरहेका छन्। तिनलाई पनि सही धारमा ल्याउने कर्तव्य पार्टीको हो।'

स्थानीय तहको निर्वाचनमा कांग्रेसलाई अत्याधिक मतले जिताउन पनि उनले अनुरोध गरे। मौलिक र सांस्कृतिक धरातललाई मुक्ति, समानता, स्वतन्त्रता र मानव अधिकारसहित मुलुकलाई अगाडि बढाउन सकिने विश्वास कांग्रेसले दिएको शाहको तर्क छ।

नायक भुवन केसीले पनि कलाकारिताको माध्यमबाट देशको कला र संस्कृति फैलाउन कांग्रेसको साथमा हातमा हात मिलाएर अघि बढ्ने प्रतिबद्धता जनाए। ‘कलाकारिताको माध्यमबाट देशको कला र संस्कृति फैलाउनको लागि नेपाली कांग्रेसको साथमा हातमा हात मिलाएर अघि बढ्ने प्रतिबद्धता गर्दछु,’ केसीले भने।

नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रवीन्द्र खड्काले कांग्रेसमा तत्कालै प्रवेश गरे पनि आफूले कलाकारिताबाट राष्ट्रको लागि योगदान पुर्‍याएको सुनाएँ। भन्छन्, 'प्रधानमन्त्री शेरबहादुर देउवाले कलाकारहरुलाई उच्च मुल्यांकन गर्ने वचन दिनुभएको छ। हामी कलाकारहरूको यहाँ मान र सम्मान हुन्छ भने यो देशमा सबै कलाकार कांग्रेस हुनेछन्। अरू कतै जाने छैनन्।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell