हिजो दिन नत्र...को परेछ। भरतपुरदेखि डडेल्धुरासम्म नत्र...का नत्र... चलिरह्यो। भरतपुरमा प्रचण्डले रेनु दाहाल जित्नै पर्ने नत्र... देश दुर्घटनामा पुग्ने भन्दै थर्काए। उता डडेल्धुरा पुगेर आरजु राणले भनिन् - पालिकामा कांग्रेसले जित्नै पर्छ नत्र... पैसा नै पठाउँदैनौं। स्थानीय तहको निर्वाचन प्रचारमा निर्वाचन आयोगले चाहिँ उनीहरुको 'नत्र...' सुन्यो कि सुनेन कुन्नी?