PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

क्यालिफोर्नियावासीलाई पानीको प्रयोग कम गर्न निर्देशन



क्यालिफोर्नियावासीलाई पानीको प्रयोग कम गर्न निर्देशन
Photo : California Department of Water Resources

अमेरिकाको क्यालिफोर्नियामा बस्दै आएकाहरुलाई त्यहाँको सरकारले पानीको प्रयोग कम गर्न आग्रह गरेको छ।

मेट्रोपोलिटन वाटर डिस्ट्रिक्ट अफ साउथ्रन क्यालिफोर्नियाले पानीको स्रोत सुकेको र धेरै पानी जम्मा नभएको भन्दै पानीको प्रयोग नियन्त्रणमा ल्याउन निर्देशन नै जारी गरेको छ। उक्त संस्थाले करिब १०० वर्ष देखि त्यहाँका बासिन्दाहरुलाई पानीको व्यवस्थापन गर्दै आइरहेको छ।

डिस्ट्रिक्टका जेनरल म्यानेजर अदेल मगेखालिलले पानीको प्रयोग नियन्त्रण नभए घरभित्र पानीको प्रयोग गर्न आउने दिनमा गाह्रो हुने बताएका छन्। पिउन, खाना बनाउन र शौचालयमा पानी प्रयोग गर्न घर बाहिर हुने पानीको प्रयोगलाई नियन्त्रण गर्नुपर्नेमा उनले जोड दिएका छन्।

पानीको कटौतीको निर्देशन जारी भए पछि करिब ६० लाख मानिस यसबाट प्रभावित हुने बताइएको छ।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell