PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

जनकपुरमा कांग्रेसको चुनावी सभा : विमलेन्द्र निधि भने लागे धरानतिर



जनकपुरमा कांग्रेसको चुनावी सभा : विमलेन्द्र निधि भने लागे धरानतिर

काठमाडौं : धनुषाको जनकपुरमा आज दुई बजे कांग्रेसले चुनावी सभा गर्दैछ। चुनावी सभालाई कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेललगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। चुनावी सभालाई सम्बोधन गर्न माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसमेत जनकपुर पुगिसकेका छन्।

तर उक्त सभामा कांग्रेस नेता विमलेन्द्र निधि भने उपस्थित नहुने भएका छन्। उपसभापतिसमेत रहेका निधिको नाम केन्द्रीय वक्ताको सूचीमा नराखेपछि निधि असन्तुष्ट बनेका हुन्। यसअघि नै असन्तुष्टि जनाउँदै निधिले उक्त चुनावी सभामा उपस्थित नहुने जनाएका थिए।

त्यसपछि कांग्रेसका उपसभापति धनराज गुरुङले एक पत्र पठाउँदै केन्द्रीय वक्ताको रुपमा गृहजिल्लाको कार्यक्रममा उपस्थित हुन आग्रह गरेका थिए। तर धरान इटहरीमा पूर्व निर्धारित कार्यक्रम रहेकोले निधि जनकपुरको कार्यक्रममा उपस्थित हुन नसकिने उनको सचिवालयले जनायो।

जनकपुरमा गठबन्धनका तर्फबाट मेयरमा जनता समाजवादी पार्टीका लालकिशोर साह उम्मेदवार रहेका छन् भने उपमेयरमा कांग्रेसकी किशोरी साह उम्मेदवार छिन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell