PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

जनकपुरको पाँच दलीय सभामा प्रचण्ड-देउवाको आक्षेप : एमालेका कारण नागरिकता समस्या सम्बोधन भएन



सुमित मिश्र

जनकपुरको पाँच दलीय सभामा प्रचण्ड-देउवाको आक्षेप : एमालेका कारण नागरिकता समस्या सम्बोधन भएन

जनकपुरधामः नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चाँडै नागरिकताको समस्या सम्बोधा हुने बताएका छन्। शनिबार जनकपुरधाममा आयोजित पाँच दलीय गठबन्धनको चुनावी सभामा प्रचण्डले समस्या सम्बोधनका लागि भएको प्रयास एमालेका कारण असफल भएको जिकिर समेत गरे।

सदन खुल्नेबित्तिकै नागरिकता विधेयक अघि बढ्ने पनि उनले बताए। एमालेले संसद अवरुद्ध गरे पनि समस्या समाधान गरिने उनले दाबी गरे।

त्यस्तै कांग्रेस सभापति शेरबहादुर देउवाले गठबन्धनविरुद्ध बोल्नेलाई कारबाहीको चेतावनी दिए। निर्णयविरुद्ध जानेलाई पार्टीमा कुनै स्थान नभएको पनि देउवाले बताए। लोकतन्त्र संस्थागतका लागि गठबन्धन गरिएको बताए।

संघीयता संस्थागतका लागि गठबन्धन गरिएको देउवाको दाबी छ।

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान व्यवस्था रक्षाका लागि गठबन्धन बनेको बताए।

कांग्रेस नेता रामचन्द्र पौडेलले गठबन्धनका उम्मेदवारलाई जिताउन कार्यकर्तालाई अपिल गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell