PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

भरतपुर कांग्रेसलाई ओलीको प्रश्न : कांग्रेसका नेताहरुले प्रधानमन्त्री पदका लागि पार्टी सिध्याए, कार्यकर्ताले कहाँ पिर बिसाउने?



भरतपुर कांग्रेसलाई ओलीको प्रश्न : कांग्रेसका नेताहरुले प्रधानमन्त्री पदका लागि पार्टी सिध्याए, कार्यकर्ताले कहाँ पिर बिसाउने?

 

भरतपुर : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसका नेताहरुले प्रधानमन्त्री पदका लागि पार्टी नै सिध्याएको आरोप लगाएका छन्। भरतपुरमा आयोजित चुनावी सभालाई सम्बोधन  गर्ने क्रममा ओलीले यस्तो आरोप लगाएका हुन्।

ओलीले चितवन कांग्रेसका नेताहरुको पिर बिसाउने ठाउँ नै नभएकोसमेत बताए। ‘म कांग्रेसका नेताहरूलाई सोध्न चाहन्छु, मेरो कांग्रेसको कार्यकर्तालाई केही छैन विचरा कति मुटु धड्किएको होला, कति पिर परेको होला? प्रकाश सपूतको गीतजस्तै पिर बिसाउने ठाँवै नै पाइनँ जस्तो,’ उनले भने, ‘कांग्रेसका कार्यकर्ताले कसरी र कहाँ पिर बिसाउने? विचरा छाती समातेर बस्नुभएको होला,’

कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवातिर लक्षित गर्दै ओलीले प्रधानमन्त्री पदका लागि पार्टी सध्याएको दाबीसमेत गरे। ‘कांग्रेसका नेताहरुले प्रधानमन्त्री पदका लागि पार्टी सिध्याउँदैछन्, के हेरेर बसेका छन् कांग्रेसका नेता, कार्यकर्ताहरू? पार्टी त सिद्धियो कांग्रेसको,’ उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell