PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

पहिले पनि बागी उठ्दा हार्‍यो, यसपाली पनि हार्‍यो भने कुनै पनि हालतमा माफी गरिने छैन : देउवा



पहिले पनि बागी उठ्दा हार्‍यो, यसपाली पनि हार्‍यो भने कुनै पनि हालतमा माफी गरिने छैन : देउवा

धनगढी : नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले वागी उम्मेदवारलाई नछोड्ने चेतावनी दिएका छन्। कैलालीको धनगढीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै देउवाले वागीलाई कारवाहीको चेतावनी दिएका हुन्।

एमालेको शासनबाट मुक्त हुन स्थानीय सरकारमा पनि गठबन्धनले जित्न आवश्यको रहेको उल्लेख गर्दै देउवाले यस्तो उर्दी जारी गरेका हुन्। 'स्थानीय सरकार पनि जित्न जरुरी छ। वागीले उम्मेदवारी फिर्ता लिनुपर्छ। मन्तव्यमार्फत पनि हामीले उम्मेदवार फिर्ता लिएका छौ,' देउवाले भने, 'अहिले भन्न चाहन्छु। वागी उम्मेदवारलाई कुनै पनि हालतमा सहिने छैन। मान्यता दिइने छैन। अहिले झगडा गर्ने हैन। वागी उठ्दा हामीले पहिले पनि हारेकै हो। अहिले पनि वागी उठेर पार्टी हर्‍यो भने  कुनै पनि हालतमा माफी  गरिने  छैन।'

कैलरी गाउँपालिकामा यस्तो समस्या रहेको उल्लेख गर्दै देउवाले तुरुन्त उम्मेदवारी फिर्ता लिन आग्रह गरे। 'कैलरी गाउँपालिका पनि त्यही समस्या छ। धनसिंह जोशीको गाउँमा । फिर्ता लिनुस्। केन्द्रबाट निर्णय आउँछ। फिर्ता लिनुभएन भने तपाईलाई कारवाही हुनेछ,' उनले भने।
एमालेले बहुमतको सरकार हुँदा  पनि चलाउन नसकेकोले अब गठबन्धनले जित्नुपर्ने उनको भनाई थियो। 'आफ्नै बहुमत भए  पनि संसद भंग गरिहाल्ने। एमालेको जितेको खण्डमा फेरि ओलीले त्यही गर्ने हो,' देउवाले भने।

देउवाले गठबन्धन सबैको  सरकार भएको तर्क गर्दै आफू सुदुरपश्चिमको सहयोगकै कारण प्रधानमन्त्री भएको बताए। 'केन्द्रमा गठबन्धनको सरकार  छ। यहाँ पनि गठबन्धनको सरकार छ प्रदेशमा पनि। प्रचण्डजीको पार्टीको मुख्यमन्त्री हुनुह्नछ। सबैको सरकार हो यो,' देउवाले भने, 'कैलाली धनगढी, यो ठाउँ मेरो लागि अत्यन्तै महत्वपूर्ण छ। यही ठाउँकै कारण म प्रधानमन्त्री भएको हुँ।'

सुदूरपश्चिमको विकासमा आफू लागिपरेको र थप विकास गर्ने आश्वासनसमेत देउवाले दिए। 'पहिले इन्डिया भएर आउनुपर्थ्यो। सुदुरपश्चिममा धेरै काम गरेको छु,' प्रधानमन्त्री  देउवाले भने, 'अछाम जोड्ने बाटो हुन सक्छ कर्णाली किनारैकिनारबाट। तल्लो भागबाट।' धनगढी उपमहानगरमा गठबन्धनबाट कांग्रेसका नृपबहादुर वड मेयरका उम्मेदवार छन्। उपमेयरको उम्मेदवार भने माओवादी केन्द्रकी शान्ति अधिकारी रहेकी छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell