PahiloPost

Jul 2, 2024 | १९ असार २०८१

बनेपाबाट नमोबुद्ध जाँदै गरेको बस दुर्घटना, १० जना घाइते



बनेपाबाट नमोबुद्ध जाँदै गरेको बस दुर्घटना, १० जना घाइते
फोटो : Upendra Adhikari

काठमाडौं : काभ्रेको बनेपाबाट नमोबुद्धको पिपलटार जाँदै गरेको बस दुर्घटना भएको छ। बा २ ख ५७७८ नम्बरको बस नमोबुद्ध नगरपालिका वडा ८ को तार्केमा दुर्घटना हुँदा १० जना घाइते भएको काभ्रे प्रहरीले जनायो।

घाइतेहरुलाई भकुन्डेबेसी प्रहरी कार्यालयबाट खटेका प्रहरीले उपचारका लागि धुलिखेल अस्पताल ल्याइसकेको प्रहरीले जनाएको छ। 

घाइतेमध्ये ३ जना गम्भीर घाइते भएको बताइएको छ। दिउँसो भएको दुर्घटनाबारे विस्तृत जानकारी आइनसकेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनायो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell