PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

मुस्लिम आयोगका अध्यक्ष अन्सारी प्रहरी नियन्त्रणमा, चुनावमा पैसा बाडेको आरोप

मुस्लिम आयोगका अध्यक्ष अन्सारी प्रहरी नियन्त्रणमा, चुनावमा पैसा बाडेको आरोप

सुमित मिश्र/पहिलोपोस्ट


जनकपुर : मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारी पक्राउ परेका छन्। उनलाई धनुषाको जनकपुरधामबाट पक्राउ गरिएको हो। सीता शरण होटेलको कोठा नम्बर ३ सय ५ बाट प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो। 

अन्सारीलाई निर्वाचनका समयमा पैसा बाँडेको आरोप लागेको छ। 

२०७५ साल चैतमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई आयोगको अध्यक्षमा नियुक्त गरेका थिए। उनीविरुद्ध नागरिकता र शैक्षिक प्रमाणपत्र किर्ते गरेको उजुरी परेको थियो जसलाई संसदीय समितिले टुंगोमा पुर्‍याउन नसक्दा स्वत: उनको नियुक्ति सदर भएको थियो।



ट्रेन्डिङ पोस्ट

Ncell