PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

सर्लाहीको धनकौलमा तनाव : प्रहरीले गर्‍यो ६ राउन्ड हवाई फायर, अझै सुरु भएन मतदान



सुमित मिश्र

सर्लाहीको धनकौलमा तनाव : प्रहरीले गर्‍यो ६ राउन्ड हवाई फायर, अझै सुरु भएन मतदान

जनकपुरधाम : स्थानीय तह निर्वाचनको क्रममा अवस्था तनावग्रस्त बनेपछि सर्लाहीको धनकौल गाउँपालिकामा प्रहरीले ६ राउन्ड हवाई फायर गरेका छन्।

राजनीतिक दलका नेता कार्यकर्ताबिच झडप हुन थालेपछि प्रहरीले हवाई फायर गरेको सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद बुढाथोकीले जानकारी दिए।

धनकौल गाउँपालिका-२ पशु सेवा केन्द्र मतदान स्थलमा सुरक्षाकर्मीले हवाई फायर गरेका हुन्।

प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले धनकौलमा स्थिति नियन्त्रणमा लिन हवाई फायर गर्नु परेको जानकारी दिए। राजनीतिक दलका कार्यकर्ताहरुबिच ढुंगा हानाहान समेत भएको छ।

विवाद भएको मतदान स्थलमा अहिलेसम्म मतदान सुरु हुन सकेको छैन। राजनीतिक दलहरूबिच छलफल चलिरहेको प्रवक्ता बुढाथोकीले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell