PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

महोत्तरीको बलवा नगरपालिकाको एक मतदान स्थलमा विवाद हुँदा प्रहरीले गर्‍यो हवाइ फायर



सुमित मिश्र

महोत्तरीको बलवा नगरपालिकाको एक मतदान स्थलमा विवाद हुँदा प्रहरीले गर्‍यो हवाइ फायर

जनकपुरधाम : महोत्तरीको बलवा नगरपालिकाको एक मतदान स्थलमा विवाद हुँदा प्रहरीले हवाई फायर गरेको छ। शुक्रवार जारी स्थानीय तहको निर्वाचन अन्तर्गत मतदानको क्रममा महोत्तरीको बलवा नगरपालिका वडा नम्बर ५ को मतदान स्थलमा विवाद भएको हो।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले बलवा नगरपालिका-५ स्थित मनसिव महाविर आधारभुत विद्यालयमा रहेको मतदान स्थलमा जनता समाजवादी पार्टीबाट वडा नम्बर ५ का उम्मेदवार धमेन्द्र यादवले रुजु गर्नका लागि राखिएको मतदाता नामावली केही सुधार भएर च्यातिएपछि होहल्ला गरेको जानकारी दिए। भिडलाई तितरबितर गर्नका लागि त्यहाँ खटेका सुरक्षाकर्मीले एक राउण्ड हवाई फायर गरेको बताए।

विवाद अहिले समाधान भएर मतदान भइरहेको उनले बताए। यस्तै, जिल्लाको बाँकी मतदानस्थलहरुमा अहिलेसम्म शान्तिपूर्ण रुपले मतदान भइरहेको उनले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell