
मतदाता कति स्वतन्त्र भएर मत दिए त आज? प्रश्न सजिलो उत्तर असजिलो। भोटका लागि भोज खुवाउनेहरुले उधारोमा कारोबार किन चाहन्थे? पक्कै चाहेनन्। त्यसैले भोट खसाउने बेलामा कठालोमा समात्ने नै भए - मानसिक रुपमा नै किन नहोस्। भोजमा रमाएपछि मत चाहेर पनि मत अरुतिर दिन सकियोस कसरी?