PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

भरतपुरमा एमालेका विजय सुवेदीको अग्रता कायमै, वडा १ को वडाध्यक्षमा एमालेको अग्रता



भरतपुरमा एमालेका विजय सुवेदीको अग्रता कायमै, वडा १ को वडाध्यक्षमा एमालेको अग्रता

काठमाडौं : चितवनको भरतपुर महानगरपालिकामा नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले अग्रता कायमै राखेका छन्। १५० मत गन्दा मेयरका उम्मेदवार सुवेदीले ६६ मत पाएका छन्। गठबन्धनबाट मेयरका उम्मेदवार रहेकी  रेनु दाहालले ५१ मत पाउँदा कांग्रेसका बागी जगन्नाथ पदडेलले १३ मत पाएका छन्।

यसैगरी उपमेयरमा गठबन्धनका चित्रसेन अधिकारीले ५७ मत पाएका छन्। अधिकारी कांग्रेस नेता हुन्। त्यसैगरी उपमेयरमा राप्रपाका हिमाल गुरुङले ४५ मत पाएका छन्।

वडाध्यक्षमा कांग्रेसका केशव महर्जनले ५९ मत पाउँदा एमालेका शुक्र श्रेष्ठले ६५ मत पाएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell