PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

चौतारा साँगाचोकगढी नगरपालिकामा एमालेको अग्रता, पछ्याउँदै माओवादी र कांग्रेस



चौतारा साँगाचोकगढी नगरपालिकामा एमालेको अग्रता, पछ्याउँदै माओवादी र कांग्रेस

काठमाडौं : सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकामा एमालेले अग्रता कायम गरेको छ। १२०० मत गन्दा एमालेका मेयरका उम्मेदवार इन्द्रबहादुर नेपालले ३८३ मत पाएका छन्। माओवादीका कृष्णप्रसाद  सापकोटाले ३५६ मत पाउँदा कांग्रेसका केशव गिरीले २७६ मत पाएका छन्। 

सापकोटा सभामुख अग्निप्रसाद सापकोटाका भाइ हुन्। सिन्धुपाल्चोकमा सत्ता गठबन्धनले तालमेल गरेर जाने प्रयास गरे पनि कांग्रेस केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत र सभामुख  सापकोटाका कारण चुनावी मैदानमा एक्लाएक्लै उत्रेको हो।

उपमेयरमा एमालेकी बालकुमारी सापकोटाले ३८६ मत पाउँदा एकीकृत समाजवादीकी सीता थापाले ३११ मत पाएकी छिन्। कांग्रेसकी तुलसी प्रधानले २७९ मत पाएकी छिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell