PahiloPost

Jul 1, 2024 | १८ असार २०८१

सत्ता गठबन्धनले निर्वाचनमा योजनाबद्ध धाँधली गरेको एमालेको आरोप, 'नाङ्गो नाच गरिएको छ'



सत्ता गठबन्धनले निर्वाचनमा योजनाबद्ध धाँधली गरेको एमालेको आरोप, 'नाङ्गो नाच गरिएको छ'
फाइल फोटो

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धनले जसरी पनि जित्न धाँधलीको साहार लिएको आरोप लगाएको छ। एमाले महासचिव शंखर पोखरेलले एक वक्तव्य जारी गर्दै सत्ता गठबन्धनले लोकतन्त्रको खिल्ली उडाउँदै गरेको यस्तो गरेकोमा  खेदसमेत व्यक्त गरेको छ।

एमालेले निर्वाचनमा गृह प्रशासन गठबन्धनको पक्षमा र एमालेको विपक्षमा परिचालित भएको आरोपसमेत लगाएको छ। मतगणनाको सयममासमेत गठबन्धनले योजनाबद्ध धाँधली गरेको एमालेको आरोप छ। निर्वाचन शुरु हुनुअघि, मतदानको समयमा र मतगणनाको समयमा गठबन्धनले नाँचो नाच देखाएको एमालेको आरोप छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell