PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

अर्घाखाँचीको मालारानीमा एमालेका भट्टराई र पोखरेल विजयी



अर्घाखाँचीको मालारानीमा एमालेका भट्टराई र पोखरेल विजयी

बुटवल : अर्घाखाँचीको मालारानी गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष दुबै पदमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन्। अध्यक्षमा एमालेका दलबहादुर भट्टराई आठ हजार २८३ मतका साथ विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका पदम क्षेत्रीले छ हजार ७२६ मत प्राप्त गरे।

त्यसैगरी उपाध्यक्षमा एमालेकै दीपा पोखरेल विजयी भएकी छन्। उनले आठ हजार १५५ मत प्राप्त गरि विजयी हुँदा नेपाली कांग्रेसका शोभाखर खनालले छ हजार ६५७ मत प्राप्त गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell