PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

प्रशासन र सत्तारुढ दलमाथि एमाले महासचिव पोखरेलको आक्रोश : गुन्डा लगाएर एमालेका मतदातालाई छेके



प्रशासन र सत्तारुढ दलमाथि एमाले महासचिव पोखरेलको आक्रोश : गुन्डा लगाएर एमालेका मतदातालाई छेके

काठमाडौं : नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्थानीय निर्वाचनमा आफ्नो पार्टीले अपेक्षा गरेअनुसारको मत प्राप्त नगरेको स्विकारेका छन्। मंगलवार आयोजित मदन आश्रित स्मृति दिवसलाई सम्बोधन गर्दै पोखरेलले यस्तो भनाई राखेका हुन्।

स्थानीय निर्वाचनको मतपरिणाम आउने क्रम जारी रहँदा उनले प्राविधिक हिसाबले एमालेले निर्वाचनमा पराजय बेहोर्नुपरेको बताए। 'हामीले अपेक्षा गरेअनुसार परिणाम प्राप्त गरेको छैन। दलीय प्रतिस्पर्धा भएको भए एमाले सार्वाधिक लोकप्रिय पार्टीका रुपमा स्थापति हुने थियो,' महासचिव पोखरेलले भने, 'प्राविधिक हिसाबले निर्वाचनमा पराजय बेहुर्नुपरेको छ। जनमतको हिसाबले नेपालकै पहिलो पार्टी हो।'

निर्वाचनमा सत्ता गठबन्धनदेखि प्रशासनसम्म चरम धाँधलीमा लागेको उनले आरोप लगाए। एमालेको प्रभाव रहेको क्षेत्रमा मत नै खसाल्न नपाउने खालको वातावरण सिर्जना पाँच दलीय गठबन्धनले गरेको पोखरेलको आरोप रह्यो।

'एमालेका प्रभाव क्षेत्रमा सबैले मत खसाल्न नपाउने खालको स्थिति सिर्जना भयो। सत्ता पक्षको प्रभाव रहेको ठाउँमा संगठित हिसाबले बुथ कब्जा गर्ने खालका क्रियकलाप भयो,' उनले भने, 'कति ठाउँमा स्थगित भयो। गुन्डागर्दीको सहारामा नाकाबाट मतदाता फर्काइदिने काम गर्ने।'

प्रशासनले समेत सत्ता गठबन्धनलाई साथ दिएको महासचिव पोखरेलको आरोप रह्यो। 'प्रशासनले आफैले सिलबन्दी नगरी एकपक्षीय ढंगले बाकस लगेर जाने काम भयो। मतगणनापूर्व सिल तोडेको पाइयो कतिपय ठाउँमा। गणना गर्न हुन्न भन्दा प्रशासनले मानेनन्,' उनले भने, 'गणनाकै बेला एमालेले चुनाव जित्न आँट्दा किचलो गर्ने गतिबिधि भइरहेको छ। धनगढीमा त्यस्तै भयो। चितवनमा गणकहरुलाई प्रहरी पुगेर प्रभावित पार्न खोजे। सबै तथ्य सञ्चारमाध्यममा आउन सकेको छैन। सत्ताको चरम धाँधलीका बाबजुद यस्तो परिणाम आएको छ। हामी परिणाम स्विकार्छौ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell