PahiloPost

Jul 1, 2024 | १८ असार २०८१

वीरगंज वडा १ मा जसपाको 'क्लिन स्विप'



वीरगंज वडा १ मा जसपाको 'क्लिन स्विप'

वीरगंज : वीरगंज महानगरको वडा नं १ छपकैयामा जसपाले वडा अध्यक्ष र सदस्यहरुमा 'क्लिन स्विप' गरेको छ। जसपाका मनोज राउत कुर्मी वडा अध्यक्षमा निर्वाचित भएका छन्। काँग्रेसका वडा अध्यक्षका उम्मेदवार ओमप्रकाश गुप्ताको ७३३ मत पाउँदा कुर्मीले ८ सय ५२ मत ल्याई वडा अध्यक्षमा निर्वाचित भएको वीरगंज महानगरका मुख्य मतदान अधिकृत धर्मराज पौडेलले बताए।

त्यसैगरी, महिला सदस्यमा जसपाकी राधिका देवी ८५२, दलित महिला सदस्य रामावती देवी पासवान ८३७ र दिपेन्द्रकुमार राउत ७६७ र विपिनकुमार कानु ७७६ मत पाएर खुल्ला सदस्यहरुमा निर्वाचित भएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell