PahiloPost

Dec 17, 2024 | २ पुष २०८१

इन्द्रावती गाउँपालिका कांग्रेसबाट खोस्यो एमालेले : झम्क नेपाल अध्यक्षमा निर्वाचित



इन्द्रावती गाउँपालिका कांग्रेसबाट खोस्यो एमालेले : झम्क नेपाल अध्यक्षमा निर्वाचित
गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा निर्वाचित भएपछि नेपाल र तामाङ।

 

नवलपुर : नेपाली कांग्रेसको गढ मानिने इन्द्रावती गाउँपालिकामा यसपटक एमालेले जित निकालेको छ। इन्द्रावतीको अध्यक्ष र उपाध्यक्ष दुबै पदमा एमालेका उम्मेदवार निर्वाचित भएका छन्।

अध्यक्षमा एमालेका झम्कथान नेपाल ७ हजार १२७ मत पाउँदै निर्वाचित भए। यसअघि नेपाल कांग्रेसका वंशलाल तामाङसँग २०० मतान्तरले पराजित भएका थिए।

यसपटक नेपाल कांग्रेसका विकास लामासँग करिब एक हजार मतान्तरले विजयी भएका छन्। कांग्रेसका लामाले ६ हजार १५२ मत पाए।

उपाध्यक्षमा एमालेकै शोभना तामाङ निर्वाचित भइन्। तामाङले ६ हजार ५१३ मत पाउँदा कांग्रेसकी दयाकुमारी मिश्रले ६ हजार ४६३ मत पाइन्।

१२ वडा रहेको यस गाउँपालिकाको वडा १ को अध्यक्षमा एमालेका चिनलाल तामाङ, वडा २ को अध्यक्षमा कांग्रेसका श्यामबहादुर गिरी, वडा ३ को अध्यक्षमा एमालेका भीमसेन थापा, वडा ४ को अध्यक्षमा कांग्रेसका क्षेत्रबहादुर तामाङ, वडा ५ को अध्यक्षमा एमालेका शशीनाथ आचार्य, वडा ६ को अध्यक्षमा एमालेका इन्द्रबहादुर तामाङ, वडा ७ को अध्यक्षमा माओवादीका रवीन्द्र खाती, वडा ८ को अध्यक्षमा कांग्रेसका डिलबहादुर श्रेष्ठ, वडा ९ को अध्यक्षमा एमालेका बाबुराम लामा, वडा १० मा कांग्रेसका रामचन्द्र घिमिरे, वडा ११ मा कांग्रेसका रामझी माझी र वडा १२ मा माओवादीका सुरेन्द्र दनुवार निर्वाचित भए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell