PahiloPost

Apr 30, 2024 | १८ बैशाख २०८१

चौताराको मेयरमा माओवादीका सापकोटा, उपमेयरमा एकीकृत समाजवादीकी थापा



चौताराको मेयरमा माओवादीका सापकोटा, उपमेयरमा एकीकृत समाजवादीकी थापा

 

नवलपुर : सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाको अध्यक्षमा माओवादी केन्द्रका कृष्णप्रसाद सापकोटा निर्वाचित भएका छन्। उनले ११ हजार ७२ मत पाउँदै मेयर पदमा जित हासिल गरेका हुन्। यसअघि चौतरामा माओवादीकै जित भएको थियो।

उनका प्रतिद्वन्द्वी इन्द्र नेपालले ६ हजार ७८५ पाएका थिए भने कांग्रेसका केशव गिरीले ६ हजार २४५ मत पाए। यसैगरी उपप्रमुखमा भने एकीकृत समाजवादीकी सीता थापा निर्वाचित भइन्। थापाले ९ हजार ७२६ पाउँदा एमालेकी बालकुमारी सापकोटाले ६ हजार ८७७ मत पाइन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell