PahiloPost

Sep 14, 2026 | २९ भदौ २०८३

देशभर चुनावी मतगणना तर चौतर्फी जित चाहिँ महँगीको !



रवीन्द्र मानन्धर

देशभर चुनावी मतगणना तर चौतर्फी जित चाहिँ महँगीको !

देशभरि यतिखेर मतगणनाको भ्याइनभ्याई ! दिन न रात - सबैतिर जित हारको लेखाजोखा चलिरहेकै छ। काठमाडौं महानगरमा लौरो लिएर बालेन उदाएका छन्। चितवन र पोखरामा के होला? ध्यान सबैको उता पनि उत्तिकै! आफ्नो जन्मथलोमा कसले जित्छ? बसाइसराई गरेर पुगेको ठाउँमा को अगाडि छ? डेरा रहेको टोलमा कसले जित्ला? कौतुहलताको श्रृङ्खला जारी छ। अनि त्यतिखेर नै पेट्रोल/डिजलमा एकै झमटमा १० रुपैयाँ बढिसक्यो। फेरि बढिहाल्ने तरखरमा छ। खाने तेलको भाऊ त कहाँ हो कहाँ? गहुँ भारतले नपठाउने भन्नासाथ आँटाको दामले सबैलाई जित्दैछ। यहाँ सबै मत गनिरहँदा जित चाहिँ महँगीको पो भइरहेछ त! कि कसो? 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell