PahiloPost

Apr 30, 2024 | १८ बैशाख २०८१

ललितपुरको वाग्मतीमा दोहोरिए कांग्रेसका वीरबहादुर, उपाध्यक्षमा माओवादीका भक्त



ललितपुरको वाग्मतीमा दोहोरिए कांग्रेसका वीरबहादुर, उपाध्यक्षमा माओवादीका भक्त

ललितपुर : ललितपुरको वाग्मती गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका वीरबहादुर लोप्चन नै दोहोरिएका छन्। उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र)का भक्तबहादुर दर्लामी निर्वाचित भएका छन्।

लोप्चनले चार हजार ९०९ मत पाउँदा उनका निकटतम् प्रतिस्पर्धी नेकपा (एमाले)का नवराज सञ्जेलले चार हजार ५३ मत पाए। गाउँपालिका उपााध्यक्षमा माओवादी केन्द्रका भक्तबहादुर दर्लामी चार हजार ६९२ मत ल्याएर विजयी भए। नेकपा एमालेका नमूना दोङले तीन हजार ७०० मत प्राप्त गरिन्।

पालिकाका सात वडामध्ये पाँच वडामा कांग्रेस र एक वडामा एमाले र एक वडामा माओवादी केन्द्रका अध्यक्ष निर्वाचित भए। कांग्रेसबाट वडा नं १ ज्ञानबहादुर ल्हो, २ मा रामबहादुर भ्लोन र ३ मा नवराज खड्का, ४ मा रामकुमार लामा र वडा नं ६ मा नारायण भोम्जन निर्वाचित भएका छन्। वडा नं ५ मा माओवादी केन्द्रका नमराज तिमल्सिना र वडा नं ७ मा एमालेका होमप्रसाद बजगाईँ निर्वाचित भएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell