PahiloPost

Apr 30, 2024 | १८ बैशाख २०८१

बाह्रबिसेसँगै सिन्धुपाल्चोकको दुई नगरपालिका गुमायो एमालेले, मेलम्चीमा कांग्रेसका आइतमानको जित



बाह्रबिसेसँगै सिन्धुपाल्चोकको दुई नगरपालिका गुमायो एमालेले, मेलम्चीमा कांग्रेसका आइतमानको जित

नवलपुर : सिन्धुपाल्चोकमा १२ स्थानीय तहमध्ये ९ स्थानको अन्तिम परिणाम आएको छ। कांग्रेस माओवादीले एमालेको पकड धमाधम खोसिरहेको छ। कांग्रेसले जिल्लाको दुई महत्वपूर्ण नगरपालिका एमालेबाट खोसेको छ। बाह्रबिसेपछि कांग्रेसले मेलम्ची नगरपालिकामा पनि जित निकालेको हो।

गत स्थानीय तहको निर्वाचनमा ७ गाउँपालिका एमालेले जितेको थियो। यसपटक ९ तहको निर्वाचन परिणाम आउँदा एमालेले एकमात्र पालिका इन्द्रावतीमा जित निकालेको छ।

बाह्रबिसे नगरपालिका एमालेका निमफुञ्जो शेर्पालाई पराजित गर्दै कांग्रेसका उम्मेदवार बालकृष्ण बस्नेत पाँच वर्षका लागि मेयरमा निर्वाचित भएका छन्। शेर्पाले ५ हजार ४ सय ३३ मत बस्नेतले ७ हजार ७ सय २८ मत पाए। शेर्पा यसअघिका मेयर हुन्।

उपमेयरमा कांग्रेसकी मञ्जु तामाङले ६ हजार ९ सय ७७ मत पाउँदै निर्वाचित भइन्।

यता मेलम्चीमा कांग्रेसका उम्मेदवार आइतमान तामाङ निर्वाचित भएका छन्। एमालेका उम्मेदवार बालकृष्ण देउजालाई झिनो मतान्तरले हराउँदै तामाङ मेयरमा निर्वाचित भएका हुन्। तामाङले ११ हजार २५८ मत पाउँदा देउजाले ११ हजार १६५ मत पाए। यसअघिको निर्वाचनमा मेलम्चीमा एमालेका डम्बर अर्याल मेयरमा निर्वाचित भएका थिए। मेलम्चीको उपमेयरमा भने एमालेकी उमा प्रधान निर्वाचित भएकी छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell