PahiloPost

Apr 30, 2024 | १८ बैशाख २०८१

काठमाडौंको मेयरमा बालेनले २० हजार कटाउँदा केशव स्थापितको साढे १० हजार



काठमाडौंको मेयरमा बालेनले २० हजार कटाउँदा केशव स्थापितको साढे १० हजार

काठमाडौं : काठमाडौं महानगरको मेयरमा लौरो चिन्ह लिएर चुनावी मैदानमा उत्रिएका बालेन्द्र साह(बालेन)ले २० हजार मत कटाएका छन्। बिहिवार बिहानको ताजा परिणाम अनुसार बालेनको पक्षमा २० हजार २०१ मत खस्दा एमालेका केशव स्थापितको पक्षमा १० हजार ६३८ मत खसेको छ।

यता गठबन्धनबाट कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ९ हजार ८७७ मत प्राप्त गरेकी छन्।

उपमेयरमा एमालेकी सुनिता डंगोल फराकिलो अग्रता कायम गरेकी छन्। सुनिताले १९ हजार ६४४ मत पाउँदा गठबन्धनका रामेश्वर श्रेष्ठले ६ हजार ३०१ मतमात्र प्राप्त गरेका छन्। काठमाडौंमा हालसम्म ५२ हजार ८२७ मत गणना भइसकेको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell