PahiloPost

Dec 16, 2024 | १ पुष २०८१

एमालेका पूर्वमेयर चौधरीलाई पराजित गर्दै समाजवादीले खोल्यो सुदूरपश्चिममा खाता



एमालेका पूर्वमेयर चौधरीलाई पराजित गर्दै समाजवादीले खोल्यो सुदूरपश्चिममा खाता

कैलाली : नेकपा एकीकृत समाजवादी पार्टीले कैलालीको घोडाघोडी नगरपालिकाबाट सुदूरपश्चिममा पालिका जितको खाता खोलेको छ। त्यसमा नेकपा एमालेकै उम्मेदवारलाई झन्डै ५ हजार मतान्तरले पराजित गर्दै समाजवादीले स्थानीय तह प्रमुखमा खाता खोलेको हो। कैलालीको घोडाघोडी नगरपालिकामा ०७४ को निर्वाचनबाट निर्वाचित नगरप्रमुखलाई पराजित गरी समाजवादीका उम्मेदवार विजयी भएका छन्।

नगरपालिकाको मेयरमा एकीकृत समाजवादीका खडकबहादुर रावतले एमालेका ममताप्रसाद चौधरीलाई पराजित गरेका हुन्। रावतले १३ हजार १ सय २८ मत ल्याए भने चौधरीले ८ हजार २ सय ४१ मत पाए। २०७४ को चुनावमा मेयर जितेका चौधरी यसपटक पराजित भएका हुन्।

उपमेयरमा काङ्ग्रेसकी गुलियाकुमारी चौधरी विजयी भएकी छन्। उनले एमालेकी करुणादेवी बटालालाई हराएकी हुन्। चौधरीले १२ हार २ सय ७० मत पाएर विजयी हुँदा बटालाले ६ हजार ९ सय ६३ मत पाइन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell