PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

सिन्धुपाल्चोकको १२ स्थानीय तह : ७ मध्ये ६ पालिका गुमायो एमालेले, दुई स्थान खोस्यो कांग्रेसबाट



सिन्धुपाल्चोकको १२ स्थानीय तह : ७ मध्ये ६ पालिका गुमायो एमालेले, दुई स्थान खोस्यो कांग्रेसबाट

नवलपुर : सिन्धुपाल्चोकमा १२ स्थानीय तहमध्ये गत निर्वाचनमा ७ तह एमालेले जितेको थियो। यसपटक भने एमालेले तीन तहमा चित्त बुझाएको छ। गठबन्धनविनै चुनावी मैदानमा उत्रिएको कांग्रेस माओवादीले एमालेको पकड खोसेको छ।

बाह्रबिसे, त्रिपुरासुन्दरीलाई एमालेको जितबाट कांग्रेसले खोसेको छ भने बलेफी, जुगल गाउँपालिकामा माओवादीले एमालेको जित रोकेको छ। यद्यपि अरु ठाउँ गुमाउँदै गर्दा दुई स्थानीय तहको नेतृत्व भने एमालेले कांग्रेसबाट खोसेको छ।

कांग्रेसले जित निकालेको स्थानीय तह

बाह्रबिसे नगरपालिका

बाह्रबिसे नगरपालिका एमालेबाट कांग्रेसले खोसेको छ। एमालेका निमफुञ्जो शेर्पालाई पराजित गर्दै कांग्रेसका उम्मेदवार बालकृष्ण बस्नेत पाँच वर्षका लागि मेयरमा निर्वाचित भएका हुन्। शेर्पाले ५ हजार ४ सय ३३ मत बस्नेतले ७ हजार ७ सय २८ मत पाए। शेर्पा यसअघिका मेयर हुन्।

उपमेयरमा कांग्रेसकी मञ्जु तामाङले ६ हजार ९ सय ७७ मत पाउँदै निर्वाचित भइन्।

मेलम्ची नगरपालिका

मेलम्चीमा कांग्रेसका उम्मेदवार आइतमान तामाङ निर्वाचित भएका छन्। एमालेका उम्मेदवार बालकृष्ण देउजालाई झिनो मतान्तरले हराउँदै तामाङ मेयरमा निर्वाचित भएका हुन्। तामाङले ११ हजार २५८ मत पाउँदा देउजाले ११ हजार १६५ मत पाए।

यसअघिको निर्वाचनमा मेलम्चीमा एमालेका डम्बर अर्याल मेयरमा निर्वाचित भएका थिए। मेलम्चीको उपमेयरमा भने एमालेकी उमा प्रधान निर्वाचित भएकी छन्।

भोटेकोसी गाँउपालिका

भोटेकोसी गाँउपालिकामा नेपाली कांग्रेसका पासाङ नुर्पु शेर्पाले २ हजार ६ सय ५ मत पाउँदै अध्यक्षमा निर्वाचित भएका छन्। उनका प्रतिद्वन्द्वी एमालेका अध्यक्ष अमृत खड्काले २ हजार ४८ मत पाए। उपाध्यक्षमा कांग्रेसकै दिछेन शेर्पा निर्वाचित भइन्।

यसअघि नेकपा माओवादी केन्द्रको पोल्टामा रहेको भोटेकोसीको निवर्तमान गाउँपालिका अध्यक्ष एवम् माओवादी केन्द्रका उम्मेदवार राजकुमार पौडेल र उपाध्यक्ष उम्मेदवार आशा गुरुङ तेस्रो स्थानमा चित्त बुझाए।

त्रिपुरासुन्दरी गाउँपालिका

त्रिपुरासुन्दरीमा अध्यक्ष र उपाध्यक्ष दुबै कांग्रेसले जितेको छ। अध्यक्षमा कांग्रेस जिल्ला सचिवसमेत रहेका भक्तध्वज बोहरा निर्वाचित भए। बोहराले ४ हजार २२९ मत पाउँदा उनका प्रतिद्वन्द्वी एमालेका मेघनाथ पौडेलले ३ हजार २ सय ६७ मत पाए। यसअघि त्रिपुरासुन्दरीमा एमालेका मेघनाथ नै निर्वाचित भएका थिए।

त्यसैगरी उपाध्यक्षमा पनि कांग्रेसकै गीता नेपाल निर्वाचित भएकी छन्।

हेलम्बु गाउँपालिका

हेलम्बुमा कांग्रेस निमा ग्याल्जेन शेर्पा नै दोहोरिएका छन्। शेर्पा ५ हजार ३ सय ८६ मतसाथ विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी एमालेका दावा लामाले ४ हजार ६ सय ३ मत पाए।

नेपाली कांग्रेसकै अप्सरा लामिछाने उपाध्यक्षमा चुनिएकी छन्।

माओवादीले जित निकालेको स्थानीय तह

चौतारा साँगाचोकगढी नगरपालिका

चौतारा साँगाचोकगढीको मेयरमा माओवादी केन्द्रका कृष्णप्रसाद सापकोटा निर्वाचित भएका छन्। सापकोटा (देशबन्धु) ११ हजार ७२ मत ल्याएर विजयी भएका हुन् भने उनका प्रत्यासी एमालेका इन्द्र नेपालले ६ हजार ७ सय ८५ मत ल्याए। यसअघि चौतारामा माओवादीबाटै अमनसिंह तामाङ मेयर थिए।

उपमेयरमा नेकपा एकीकृत समाजवादीकी सीता थापा ९ हजार ७ सय २६ मतसहित निर्वाचित भइन्। उनका प्रत्यासी नेकपा एमालेकी बालकुमारी सापकोटा ६ हजार ८ सय ७७ मत पाइन्। चौतारामा माओवादी र समाजवादीबीच चुनावी तालमेल भएको थियो।

बलेफी गाउँपालिका

बलेफीमा माओवादीका गंगाबहादुर तामाङ अध्यक्षमा निर्वाचित भए। तामाङले ४ हजार ६ सय ६६ मत पाउँदा कांग्रेसबाट प्रत्यासी रहेका सुवास तिमल्सिनाले ४ हजार १ सय ५ मत पाए। बलेफीमा यसअघि एमालेले जित निकालेको थियो। अध्यक्षमा निर्वाचित केदार क्षेत्री कांग्रेसमा प्रवेश गरेसँगै एमाले कमजोर बनेको थियो।

उपाध्यक्षमा नेपाली कांग्रेसकी सरु तामाङ विजयी भइन्।

जुगल गाउँपालिका

जुगलको अध्यक्षमा माओवादी केन्द्रका रेशम स्याङबो निर्वाचित भएका छन्। माओवादी केन्द्रका रेशम स्याङबो ५ हजार ५ सय ३ मत ल्याएर विजयी भए। उनका प्रत्यासी एमालेका जयबहादुर लामाले ४ हजार ३ सय ४४ मत ल्याए। लामा हालै कांग्रेसबाट एमालेमा प्रवेश गरेर अध्यक्षका उम्मेदवार बनेका हुन्। जुगलमा यसअघि एमालेका होमनारायण श्रेष्ठ अध्यक्षमा निर्वाचित भएका थिए।

जुगलको उपाध्यक्षमा भने कांग्रेसका हिमालकुमार श्रेष्ठ विजयी भएका छन्।

लिसंखुपाखर गाउँपालिका

लिसंखुपाखरको अध्यक्षमा माओवादी केन्द्रका राजु लामा निर्वाचित भएका छन्। राजुले ३ हजार ९२५ मत पाउँदा कांग्रेसका जेठा तामाङले ३ हजार १९ मत पाए। यसअघि यो पालिका एमालेले जितेको थियो। एमालेका उम्मेदवार सूर्यबहादुर लामा २ हजार ७२७ मत पाउँदै तेस्रो बने। उपाध्यक्षमा भने एमालेकी मिठु लामा निर्वाचित भएकी छिन्। उनी कांग्रेस छाडेर हालै एमाले प्रवेश गरेकी हुन्।

एमालेले जित निकालेको स्थानीय तह

इन्द्रावती गाउँपालिका

इन्द्रावती भने कांग्रेसबाट नेकपा एमालेले खोसेको छ। सिन्धुपाल्चोक एमालेका पूर्वअध्यक्षसमेत रहेका झम्क नेपालले नेपाली कांग्रेसका उम्मेदवार विकास लामालाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन्।

नेपालले ७ हजार १ सय २७ मत पाउँदा प्रत्यासी कांग्रेसका लामाले ६ हजार १ सय ५२ मत पाए। त्यसैगरी उपाध्यक्षमा एमालेकै शोभाना तामाङ निर्वाचित भइन्।

सुनकोशी गाउँपालिका

सुनकोशी गाउँपालिकाको अध्यक्षमा एमाले माओवादी गठबन्धनका उम्मेदवार टपिन्द्रप्रसाद तिमल्सिना निर्वाचित भएका छन्। कांग्रेसका श्रवणकुमार जिसीलाई हराउँदै उनी अध्यक्षमा निर्वाचित भएका हुन्।

तिमल्सिनाले ५ हजार ९३२ मत पाउँदा जिसीले ५ हजार ७९१ मत पाए। जिसी यसअघिका गाउँपालिका अध्यक्ष हुन्। यता अध्यक्षमा गठबन्धनले जित निकाल्दा उपाध्यक्ष भने कांग्रेसकी कान्छीमाया लामा विजयी भएकी छन्। लामाले ५ हजार ९०५ मत पाउँदा माओवादीकी दुर्गा थापा ४९७४ मत मात्र पाइन्।

पाँचपोखरी गाउँपालिका

पाँचपोखरीमा एमालेका टासी लामा अध्यक्षमा दोहोरिएका छन्। उनी ५ हजार ६०८ मत पाउँदै अध्यक्षमा दोहोरिएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी दोर्जे तामाङले ४ हजार ४५ मत पाए। उपाध्यक्षमा एमालेकै सुनिता अधिकारी निर्वाचित भएकी छन्। उनले ५ हजार ७२२ मत पाउँदा कांग्रेसकी गंगाकुमारी चापागाईले ४ हजार ३९३ मत पाइन्।

१०३ वडामा कहाँ कसको नेतृत्व?

नेपाली कांग्रेस

१. जुगल गाउँपालिका वडा नं १, जनक तामाङ– ५८४

२. जुगल गाउँपालिका वडा नं २, रवि तामाङ– ६०१

३. हेलम्बु गाउँपालिका वडा नं १, दावा ग्याल्जेन लामा– १००३

४. हेलम्बु गाउँपालिका वडा नं २, पेमा लामा ह्योल्मो– ८९८

५. हेलम्बु गाउँपालिका वडा नं ४, बुद्धिमान तामाङ– ७६०

६. हेलम्बु गाउँपालिका वडा नं ५, दीपकुमार तामाङ– ५९९

७. हेलम्बु गाउँपालिका वडा नं ७, निलबहादुर खड्का– ८३१

८. त्रिपूरासुन्दरी गाउँपालिका वडा नं १, सीताराम थापा– ३३४

९. त्रिपूरासुन्दरी गाउँपालिका वडा नं २, रमेश राउत– ५७२

१०. त्रिपूरासुन्दरी गाउँपालिका वडा नं ४, टेकबहादुर गुभाजु– ७३९

११. त्रिपूरासुन्दरी गाउँपालिका वडा नं ५, यादव श्रेष्ठ– ११४०

१२. त्रिपूरासुन्दरी गाउँपालिका वडा नं ६, रमेश बोहोरा– ८७५

१३. बाह्रविसे नगरपालिका वडा नं १, आङदोर्जे शेर्पा– ४१५

१४. बाह्रविसे नगरपालिका वडा नं २, रेशमबहादुर तामाङ– ७०६

१५. बाह्रविसे नगरपालिका वडा नं ३, जीवनकुमार भण्डारी– १०८९

१६. बाह्रविसे नगरपालिका वडा नं ४, शेखरबहादुर भण्डारी– ११९९

१७. बाह्रविसे नगरपालिका वडा नं ५, श्यामबहादुर तामाङ– ४८७

१८. बाह्रविसे नगरपालिका वडा नं ८, विमलप्रसाद पौडेल– ८२७

१९. बाह्रविसे नगरपालिका वडा नं ९, कृष्णबहादुर राय– ११३६

२०. बलेफी गाउँपालिका वडा नं १, हुपबहादुर खड्का– ६७९

२१. बलेफी गाउँपालिका वडा नं २, छविलाल न्यौपाने– ४९६

२२. बलेफी गाउँपालिका वडा नं ३, रितेश तामाङ– ५२५

२३. बलेफी गाउपालिका वडा नं. ५, यादव ठकुरी– ६५७

२४. बलेफी गाउपालिका वडा नं. ७, गृबेन्द्र चौलागाई– ६१८

२५. बलेफी गाउपालिका वडा नं. ८, रमेशकुमार श्रेष्ठ– ६५१

२६. भोटेकोशी गाउँपालिका वडा नं १, साङ्बु लामा– ८७९

२७. भोटेकोशी गाउँपालिका वडा नं २, कुमार श्रेष्ठ– ५९८

२८. भोटेकोशी गाउँपालिका वडा नं ५, दावा त्याम्वा तामाङ– ६३६

२९. सुनकोशी गाउँपालिका वडा नं १, कुमार शाही– ८८१

३०. सुनकोशी गाउँपालिका वडा नं २, पूर्णबहादुर महत– ८३६

३१. सुनकोशी गाउँपालिका वडा नं ३, इश्वर तामाङ– ७४२

३२. सुनकोशी गाउँपालिका वडा नं ४, भोजलाल श्रेष्ठ– ५३३

३३. लिसंखुपाखर गाउँपालिका वडा नं २, विजय योञ्जन– ४९६

३४. लिसंखुपाखर गाउँपालिका वडा नं ७, दिनेश लामा– ७२२

३५. इन्द्रावती गाउँपालिका वडा नं.२, श्यामबहादुर गिरी– ५६४

३६. इन्द्रावती गाउँपालिका वडा नं. ४, क्षेत्रबहादुर तामाङ– ७५०

३७. इन्द्रावती गाउँपालिका वडा नं. ८, डिलकुमार श्रेष्ठ– ५१२

३८. इन्द्रावती गाउँपालिका वडा नं. १०, रामचन्द्र घिमिरे– ६५६

३९. इन्द्रावती गाउँपालिका वडा नं. ११, रामजी माझी– ६१५

४०. चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ७, डम्बरबहादुर तामाङ– ९९७

४१. चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ८, अमृतबहादुर दंगाल– ६६८

४२. चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ९, विमल श्रेष्ठ– ८८४

४३. चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. १०, निलबहादुर तामाङ– ८९५

४४. पाँचपोखरी थाङ्पाल गाउँपालिका वडा नं २, बाबुलाल स्याङ्बो– ७४९

४५. मेलम्ची नगरपालिका वडा नं ४, संजीव तामाङ– ६३५

४६. मेलम्ची नगरपालिका वडा नं ५, राजु रायमाझी– ६८१

४७. मेलम्ची नगरपालिका वडा नं ६, प्रेमबहादुर तामाङ– ९१४

४८. मेलम्ची नगरपालिका वडा नं ८, जितबहादुर तामाङ– ८४१

४९. मेलम्ची नगरपालिका वडा नं ९, किरणदीप खड्का– १३००

५०. मेलम्ची नगरपालिका वडा नं १०, अमृत खनाल– १०४८

५१. मेलम्ची नगरपालिका वडा नं १२, गणेशबहादुर तामाङ– १६२६

नेकपा (एमाले)

१. जुगल गाउँपालिका वडा नं २, चन्द्रकाजी लामा– ६१२

२. जुगल गाउँपालिका वडा नं ३, लक्ष्मण तामाङ– ६०२

३. जुगल गाउँपालिका वडा नं ४, प्रेम तामाङ– ५७६

४. जुगल गाउँपालिका वडा नं ५, रविन्द्र घिमिरे– ६६३

५. जुगल गाउँपालिका वडा नं ६, टंक तामाङ– ५९६

६. चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. २, सुदिप श्रेष्ठ– ५७५

७. चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ३, टेकबहादुर तामाङ– ५५४

८. चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ५, शिव श्रेष्ठ– ११८४

९. चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. १४, उद्धव नेपाल– ८८६

१०. इन्द्रावती गाउँपालिका वडा नं. १, चिनलाल तामाङ– ६९७

११. इन्द्रावती गाउँपालिका वडा नं. ३, भीमसेन थापा– ४३३

१२. इन्द्रावती गाउँपालिका वडा नं. ५, शशिनाथ आचार्य– ९३३

१३. इन्द्रावती गाउँपालिका वडा नं. ६, इन्द्रबहादुर तामाङ– ६५१

१४. इन्द्रावती गाउँपालिका वडा नं. ९, बाबुराम लामा– ६२६

१५. हेलम्बु गाउँपालिका वडा नं.३, दिपक खड्का– ७१२

१६. हेलम्बु गाउँपालिका वडा नं.६, सन्चबहादुर तामाङ– ८०७

१७. त्रिपूरासुन्दरी गाउँपालिका वडा नं ३, शिवकुमार कार्की– ९५५

१८. बाह्रविसे नगरपालिका वडा नं ६, कुलबहादुर श्रेष्ठ– ५५३

१९. बाह्रविसे नगरपालिका वडा नं ७, ङिमा शेर्पा– १०११

२०. पाँचपोखरी थाङ्पाल गाउँपालिका वडा नं १, आलोककुमार स्याङ्बो– ८५४

२१. पाँचपोखरी थाङ्पाल गाउँपालिका वडा नं ३, ङिमाछिरिङ तामाङ– ७४०

२२. पाँचपोखरी थाङ्पाल गाउँपालिका वडा नं ४, काले गोले– ४७१

२३. पाँचपोखरी थाङ्पाल गाउँपालिका वडा नं ६, नारायण भट्टराई– १२०७

२४. पाँचपोखरी थाङ्पाल गाउँपालिका वडा नं ७, सुके तामाङ– ११९५

२५. पाँचपोखरी थाङ्पाल गाउँपालिका वडा नं ८, विष्णुबहादुर खड्का– ५२३

२६. मेलम्ची नगरपालिका वडा नं १, कृष्णमुरारी चौलागाई– ८३४

२७. मेलम्ची नगरपालिका वडा नं २, नगेन्द्रप्रसाद खतिवडा– ४१६

२८. मेलम्ची नगरपालिका वडा नं ३, कुमार बञ्जरा– ५०७

२९. मेलम्ची नगरपालिका वडा नं १३, श्रीराम घोरासैनी– ८०५

३०. मेलम्ची नगरपालिका वडा नं ७, पासाङ तामाङ– १३७१

३१. मेलम्ची नगरपालिका वडा नं ११, चन्द्रबहादुर तामाङ– ११८२

३२. मेलम्ची नगरपालिका वडा नं १३, श्रीराम घोरासैनी– ८०५

३३. भोटेकोशी गाउँपालिका वडा नं ४, टासी शेर्पा– ७७७

३४. बलेफी गाउँपालिका वडा नं. ७, तेजबहादुर पराजुली– ५८८

३५. सुनकोशी गाउँपालिका वडा नं ५, जालबहादुर लामा– ८२८

३६. सुनकोशी गाउँपालिका वडा नं ६, चक्रबहादुर बस्नेत– १३९७

३७. सुनकोशी गाउँपालिका वडा नं ७, इश्वर तिमल्सिना– ११२८

३८. लिसंखुपाखर गाउँपालिका वडा नं ५, तिलकबहादुर श्रेष्ठ– ८५६

३९. लिसंखुपाखर गाउँपालिका वडा नं १, दानबहादुर तामाङ– ४७९

नेकपा (माओवादी केन्द्र)

१. लिसंखुपाखर गाउँपालिका वडा नं १, पाशाङलाल लामा– ४८७

२. लिसंखुपाखर गाउँपालिका वडा नं ३, मानबहादुर तामाङ– ५६२

३. लिसंखुपाखर गाउँपालिका वडा नं ४, भक्तलाल शाक्य– ६२७

४. चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ४, कुमार शर्मा– १२०७

५. चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ६, हेमबहादुर तामाङ– ९६८

६. चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ११, रोशनराज गिरी– ९०२

७. चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. १२, दीपेन्द्र नेपाल– ९२०

८. बलेफी गाउँपालिका वडा नं ३, सूर्जेबहादुर तामाङ– ६७४

९. इन्द्रावती गाउँपालिका वडा नं. ७, राविन्द्रकुमार खाती– ६७६

१०. इन्द्रावती गाउँपालिका वडा नं. १२, सुरेन्द्रबहादुर दनुवार– ६५८

नेकपा (एकीकृत समाजवादी)

१. चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. १, युवलाल श्रेष्ठ– ५७५

राप्रपा

१. पाँचपोखरी थाङ्पाल गाउँपालिका वडा नं ४, कुलबहादुर बस्नेत– ७०८

स्वतन्त्र

१. भोटेकोशी गाउँपालिका वडा नं. ३, निमा सोना शेर्पा– २८६



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell