PahiloPost

Jul 4, 2022 | २० असार २०७९

केशव स्थापितको वडामा फेरि पनि नेपाली कांग्रेसकै जित



केशव स्थापितको वडामा फेरि पनि नेपाली कांग्रेसकै जित

काठमाडौं : काठमाडौं महानगरमा एमालेबाट मेयरका उम्मेदवार रहेका केशव स्थापितको वडा २८ मा एमाले 'क्लिन स्विप' भएको छ। यस वडामा वडाध्यक्षदेखि सबै सदस्यमा कांग्रेसका उम्मेदवारले जित निकालेको छ।

वडा २८ मा कांग्रेसका भाइराम खड्की वडाध्यक्षमा निर्वाचित भएका छन्। उनले १२८२ मत पाउँदा एमालेका विपेन्द्र खड्कीले १०७० मत पाए। यसैगरी वडा सदस्य पनि कांग्रेसकै उम्मेदवार निर्वाचित भएका छन्।

महिला सदस्यमा कांग्रेसकी निनाकुमारी खड्की, ललित महिला सदस्यमा कांग्रेसकी ललिता कार्की दली र दुई पुरुष वडा सदस्यमा कांग्रेसकै अरुण तन्डुकार र वीरेन्द्र महर्जन निर्वाचित भए।

यस वडामा यसअघि पनि नेपाली कांग्रेसले जित निकाल्दै आएको थियो।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell