
केही भयो सजिलो जवाफ - कानुन छैन। कानुन छ भने उस्तै अर्को जवाफ - यस्तो विषयलाई त हेर्ने आधार नै छैन। जति धेरै छिद्र छोड्यो उत्ति धेरै खेल्ने ठाउँ। अनि भन्यो - कानुन नै छैन। दोष कानुनले पाइरहँदा कानुन बनाउनेहरु सधैं चोखा! चलिरहेको छ यसैगरी। थाहा छैन चलिरहने छ कहिलेसम्म? कानुनलाई दोष लगाएर कानुन बनाउनेलाई प्रश्न किन नगर्ने? कागजलाई दोष दिएर 'नालायक'हरुको कमजोरीमाथि प्रश्न कहिलेसम्म नगर्ने?