PahiloPost

May 21, 2024 | ८ जेठ २०८१

यौनहिंसासम्बन्धी घटना तत्काल छानबिन गर्न सरकारलाई सभामुखको निर्देशन



यौनहिंसासम्बन्धी घटना तत्काल छानबिन गर्न सरकारलाई सभामुखको निर्देशन

काठमाडौं : सभामुख अग्निप्रसाद सापकोटाले यौनहिंसाको घटनालाई तत्काल कानुनी दायरामा ल्याउन सरकारलाई निर्देशन दिएका छन्। शुक्रवार प्रतिनिधि सभामा कांग्रेसका महामन्त्री गगन थापाले हदम्याद सम्बन्धी कानुन पुनर्विचार गर्न र यौनहिंसाका आरोपीलाई कानुनी दायरामा ल्याउन माग गरेका थिए।

सामाजिक सञ्जालमा बुधवार भिडियो अपलोड गरेर सौन्दर्य प्रतियोगितको नाममा यौन शोषण भोगेको भन्दै एक किशोरीले न्यायको माग गरेकी थिइन्। १६ वर्षको उमेरमा भएको यौन शोषण ८ वर्षपछि बोलेकी उनको घटनामा हदम्याद लाग्ने भएपछि यसको चौतर्फी विरोध शुरु भएको छ।

यसै विषयमा कांग्रेस सांसदसमेत रहेका महामन्त्री थापाले सदनमा आवाज उठाएका थिए।

'हिजो साँझ घर जाँदा श्रीमती र दुई सानासाना छोरीहरु सामाजिक सञ्जालमा आएको एउटा नौजवान युवतीको एउटा भिडियो जसमा ८ वर्ष अगाडी आफूलाई बलात्कार गरेको घटना बताइरहेकी थिइन्। त्यसको प्रतिक्रिया उनीहरुको अनुहारमा परेको मेरो छोरीहरु डराएको म त्यो क्षण सम्झिरहेको छु,' थापाले भने, 'म सरकारलाई अभियोग लागेकोलाई तत्काल अनुसन्धानको दायरामा ल्याउन हार्दिक आग्रह गर्न चाहन्छु। संसदबाट बनाएको बलात्कारसम्बन्धी कानुनको हदम्याद सम्बन्धी विषयका सम्बन्धमा पनि पुनर्विचार गर्न सरकारलाई निर्देशन दिनका लागि सम्माननीय सभामुखलाई हार्दिक आग्रह गर्न चाहन्छु।' 

थापाको भनाई सकिनसाथ सभामुख सापकोटाले सरकारलाई यो विषयमा आफ्नो  गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै यस घटनाको तत्काल छानबिन गर्न माग गरेका हुन्।

‘माननीय सदस्यले आफ्नो भनाई राख्दै गर्दा प्रारम्भमा प्रस्तुत गर्नुभएको यौन हिंसासम्बन्धी विषयमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ,’ सभामुख सापकोटाले भने, ‘सो सम्बन्धमा शीघ्र छानबिन गरी सत्यतथ्य पहिचान गर्न र दोषीलाई कानुनी दायरामा शीघ्र ल्याउन नेपाल सरकारलाई निर्दश गर्दछु।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell