PahiloPost

Dec 18, 2024 | ३ पुष २०८१

यौन हिंसामा परेकी महिलाबारे अनुसन्धान गर्न प्रहरीले बनायो पाँच सदस्यीय समिति



यौन हिंसामा परेकी महिलाबारे अनुसन्धान गर्न प्रहरीले बनायो पाँच सदस्यीय समिति

काठमाडौं : यौन हिंसामा परेकी महिलाको विषयमा सत्यतथ्य पत्ता लगाएर आवश्यक कारवाही गर्न गृहमन्त्री बालकृष्ण खाणले निर्देशन दिएका छन्। शुक्रवार गृहमन्त्री खाणले निर्देशन दिएलगत्तै प्रहरी प्रधान कार्यालयले पाँच सदस्यीय छानबिन समिति बनाएको छ।

बुधवारमात्र सामाजिक सञ्जालमा एक युवतीले भिडियो अपलोड गरेर सौन्दर्य प्रतियोगितको नाममा यौन शोषण भोगेको भन्दै न्यायको माग गरेकी थिइन्। १६ वर्षको उमेरमा भएको यौन शोषण ८ वर्षपछि बोलेकी उनको घटनामा हदम्याद लाग्ने भएपछि यसको चौतर्फी विरोध शुरु भएको छ।

प्रहरी वरिष्ठ उपरीक्षक वसन्त कुँवरको नेतृत्वको समितिमा प्रहरी उपरीक्षक कृष्ण कोइराला, प्रहरी नायब उपरीक्षक कोपिला चुडाल, प्रहरी नायब उपरीक्षक हरि बस्नेत र प्रहरी निरीक्षक सपना खड्का रहेका छन्। समितिले शुक्रवारबाटै काम सुरु गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell