PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

कांग्रेसका बागी नै जिते जनकपुरधाममा : निजी स्वार्थका लागि कम्युनिस्टसँग मिल्ने कांग्रेसमा के फर्कनु?



सुमित मिश्र

कांग्रेसका बागी नै जिते जनकपुरधाममा : निजी स्वार्थका लागि कम्युनिस्टसँग मिल्ने कांग्रेसमा के फर्कनु?

जनकपुरधाम : धनुषाको जनकपुरधाम उपमहानगर यसपटक पनि बागीलाई फापेको छ। कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले बागी जित्ने रेकर्ड तोड्न आह्वान गरे पनि गठबन्धनको उम्मेदवारले यहाँ जित निकाल्न सकेन।  बरु कांग्रेसबाट बागी बनेका मनोजकुमार साह निर्वाचित भए।

स्वतन्त्र उम्मेदवार मनोज १३ हजार ४ सय ६५ मत ल्याउँदै जनकपुरधाम उपमहागरपालिकाको प्रमुखमा निर्वाचित भएका हुन्। उनको निकटतमा प्रतिद्वन्द्वी नेकपा एमालेका शिवशंकर साह हिराले ९ हजार ५ सय ३२ मत ल्याए। मनोज ३ हजार ९ सय ३३ मतको मतान्तरले विजयी भएका हुन्।

गठबन्धनबाट नगरप्रमुख पदमा उम्मेदवारी दिएका जसपाका लालकिशोर साह चौथो स्थान चित्त बुझाए। उनले ५ हजार १ सय ९४ मत ल्याए। लालकिशोर निवर्तमान नगरप्रमुख समेत हुन्। तेस्रो स्थानमा रहेका लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार मनोज चौधरीले ५ हजार ३ सय ६० मत ल्याए।

त्यस्तै जनकपुरधामको उपप्रमुखमा गठबन्धनबाट उम्मेदवारी दिएका नेपाली कांग्रेसका किशोरी साह निर्वाचित भएका हुन। किशोरीले १५ हजार ५ सय २५ मत ल्याउदै उपप्रमुखमा निर्वाचित भएका हुन्।

उनको निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी रुणा झाले १० हजार ८ सय ८५ मत ल्याइन। लोसपाका उपप्रमुखको उम्मेदवार रीताकुमारी मिश्रले ५ हजार ८ सय १७ मत मात्रै ल्याउन सकिन्। मिश्र निवर्तमान उपप्रमुख हुन्।

कांग्रेसमा फर्कनु निरर्थक

जितपछि मधेश प्रदेशको राजधानी जनकपुरधाम उपमहानगरका नवनिर्वाचित मेयर साहले जनकपुरवासीसहित सम्पूर्ण मतदातालाई आभार प्रकट गरेका छन्।

आफूलाई मतदान गरी विजयी बनाएको भन्दै मतदान गरेका मतदातालाई आभार प्रकट गर्दै साहले नेपाली कांग्रेस नसच्चिएमा नयाँ पार्टी खोल्ने संकेतसम्म गरे।

उनले आफूले स्वतन्त्र रुपमा उम्मेदवारी दिएकाले कांग्रेसले तत्काल गठबन्धन पार्टीको विरुद्धमा रहेको स्पष्ट पारे।

पाँच दलीय गठबन्धनमा कांग्रेसलाई जनकपुरधाम उपमहानगरको मेयर नपरेपछि स्वतन्त्र उम्मेदवारी दिएका साहले कांग्रेसमा पुनः जाने भन्ने कुरा निरर्थक रहेको बताए।

उनले कांग्रेससँग अझैपनि लडाई जारी रहेको बताए। उनले व्यक्तिगत निजी स्वार्थ पूरा गर्न कम्यूनिष्टसँग गठबन्धन गरेको आलोचना गर्दै नवनिर्वाचित मेयरले यस्तो अवस्थामा पार्टीमा किन फर्किने प्रतिप्रश्न समेत गरे।

उनले चुनावी अनुभव सुनाउँदै पार्टीबाट लड्दा ठुलो टिम हुन्छ र स्वतन्त्र भएर लड्दा सीमित व्यक्ति समूह बनाएर लड्नु पर्दा निकै समस्या उत्पन्न हुने गरेको बताए।

एक वर्षमा ल्यान्डफिल्ड साइटको स्थापना गर्ने

अर्को प्रसंगमा जनकपुरधामको मेयर बनेपछि उनले एक वर्षमा लैण्डफिल्ड साइटको स्थापना गर्ने बताए। उनले जनकपुरधाम धार्मिक पर्यटकीय नगरी रहेकाले यसको विकासका लागि टेक्निकल रुपमा अघि बढ्नु पर्ने आवश्यकता रहेको औल्याएँ।

उनले जनकपुरधाम दुर्गन्धित नगरीको रुपमा परिचित रहेकाले तत्कालै दुर्गन्धित शहर मुक्त बनाउने, कनेक्टिभिटीका लागि कार्य गर्ने भन्दै उनले यसका लागि हवाई मार्गको विस्तार, रेल्वेको समुचित विस्तार तथा व्यवस्थापन, आउटर रिंगरोड, नोचा पोखरी पार्कस्थलको विस्तार, अव्यवस्थित जनकपुरधाम शहरीकरणलाई व्यवस्थित, एकीकृत शहरी विकास परियोजनाका कारण खानेपानीको पाइपको लाइन काटिएकाले हरेक घरघरमा खानेपानीको पाइप जडान गरिने, फोहोर व्यवस्थापनमा तदारुकतासाथ पहलकदमी लिँदै कार्य अघि बढाउनेलगायतका योजना रहेको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell