PahiloPost

May 16, 2024 | ३ जेठ २०८१

नीति तथा कार्यक्रम चास्नीमा नडुबाई तेलमामात्रै तारेको जेरीजस्तो, खल्लो छ : ओली



नीति तथा कार्यक्रम चास्नीमा नडुबाई तेलमामात्रै तारेको जेरीजस्तो, खल्लो छ : ओली

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम खल्लो जेरीजस्तो भएको आरोप लगाएका छन्। बिहीवार प्रतिनिधि सभामा सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि आफ्नो धारणा राख्दै ओलीले नीति तथा कार्यक्रम चास्नीमा नडुबाइएको तेलमामात्र तारेको जेरीजस्तो भएको बताएका हुन्।

'शब्दको एउटा खेल। नीति ६५ पृष्ठमा १४५ बुँदा ल्याइएको छ। वर्णमालाका अक्षरहरुभित्र रहेर हेर्दे व्यवरणीय र अशुद्धता। संगति नमिलेको,' ओलीले भने, 'चास्नीमा नडुबाइएको तेलमामात्र तारेको जेरीजस्तो खल्लो गुजुल्टिएको अर्थ निस्कदै ननिस्कने। प्रस्थान के हो आधा के हो मध्य के हो। गुजुल्टिदै। गुजुल्टिँदै। गुजुल्टिँदै । कहाँ पुग्छ थाहै छैन।'

ओलीले सरकार नै यस्तै भएकोले नीति तथा कार्यक्रम पनि यस्तै आएको दाबी गरे। 'यो सरकारै त्यस्तै छ। जेरीजस्तो। गुजुल्टिएको। कसको नीति चै यसको नीति हो। अर्थहीन निररर्थक अभिव्यक्ति छन्,' ओलीले भने।

गठबन्धन सरकार आफै बिचरो भएको दाबी गर्दै ओलीले नीति तथा कार्यक्रममा आएको दस्तावेज जनता अलमलाउने काममात्र भएको भएको उल्लेख गरेका छन्। उनले यसलाई अस्थिरताको घोषणापत्रसमेत बताए। '७३ र ७७ हेरिसकेपछि बाँकी १४३ बुँदाको पनि अनुमान गर्न सकिने रहेछ। गठबन्धन आँफै बनाएको नभइ बमोजिम भएको बिदितै छ। मस्यौदा हेर्दा थप प्रभावकारी बनाउने, सवली करण गर्ने, विशेष योजना ल्याइने, थप विश्वसनियन बनाउने, प्रोत्साहन बनाउने जस्ता शब्दजाल प्रयोग गरेर जनता अलमलाउने काम गरिएको छ। के गर्ने? कति समयमा गर्ने? कुन समस्या समाधान हुन्छ? भन्ने कुराहरुको मतलब छैन,' ओलीले भने, 'बिचरो गठबन्धन।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell